५ जेष्ठ २०८१, शनिबार

नेकपा लम्जुङले गर्यो एमसीए प्रमुखको पुत्ला दहन

0

नेपाल कम्युनिष्ट पार्टी लम्जुङ जिल्ला समितिले आज एमसीए नेपालका प्रमुख खडक बहादुर विष्टको पुत्ला दहन गरेको छ । एमसीसी सम्झौता राष्ट्रघाति रहेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अघि सारेको केन्द्रीय कार्यक्रम अनुसार उक्त कार्यक्रम गरेको हो ।
जिल्लाकाे मध्यनेपाल नगरपालिकाको दुईपिप्ले भन्ने ठाउँमा सो कार्यक्रमको आयोजना गरेको थियो । दुई पिप्ले नमुना पेट्रोल पम्पदेखि एमसिसि मुर्दावाद !, एमसिसि सम्झौता खारेज गर! लगाएतका नारा सहितको र्यालि चाेकमा पुगी कोण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लम्जुङ जिल्ला सेक्रेटरी रविन्द्र सीले एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पास गरेको कुरा दुई चार करोडमा बिक्ने नेता बाहेक सर्वसाधारणको हितमा नरहेको जानकारी गराए । कुनैपनि हालतमा एमसिसी रोक्ने र त्यसका लागि, जनताका लागि आफ्नो ज्यान दिन परेपनि पछि नपर्ने बताए ।

कार्यक्रममा नेकपा पिबिएम सदस्य एवम् पूर्वी गण्डक व्युरो इन्चार्ज आदर्श सि, लम्जुङका इन्चार्ज गौरव सी, सेक्रेटरी लगाएतका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।