![](https://janapatrika.com/wp-content/uploads/2023/08/Screenshot_2023_0825_201518.jpg)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरेको छ। शुक्रवार नेकपाको घोषित केन्द्रीय कार्यक्रम अनुसार ललितपुरको पाटन बजारमा दिउँसो पुत्ला दहन गरीएको हो।
MCC कार्यान्वयनको प्रकृया अगाडि बढ्न खोजेपछि नेकपाले चरणबद्ध आन्दोलनको घोषणा गरी देश व्यापी आन्दोलन अगाडि बढाइरहेको छ। यसै अन्तर्गत आज देशव्यापी रुपमा मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरीएको हो।
प्रतिक्रिया दिनुहोस्