५ जेष्ठ २०८१, शनिबार

अ ने म संघ क्रान्तिकारीले समाजवादी महिला आन्दोलनका लागि अभियान सञ्चालन गर्ने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिला माथी भइरहेका विद्यमान आर्थिक ,राजनीतिक उत्पीडनको मुख्य कारण दलाल पुँजीवाद भएकोले त्यस विरुद्ध समाजवादी महिला आन्दोलनको बिकासका लागि ६ महिने अभियान सञ्चालन गर्ने  निर्णय गरेको छ।बिहिवार राजधानीमा सम्पन्न महिला संघ क्रान्तिकारीको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको हो।

संगठनकी अध्यक्ष बन्धु सी द्वारा प्रस्तुत -“समाजवादी महिला आन्दोलनमा ध्यान दिऔं! आत्मनिर्भर , सुदृढ र व्यापक संगठन विस्तारमा जोड दिऔं !!”भन्ने शीर्षकको प्रस्ताव पास गर्दै पाँचौ पूर्ण बैठकले समाजवादी महिला आन्दोलनको अपरिहार्यताबारे अन्तर्कृया गर्ने, आन्तरिक प्रशिक्षण सञ्चालन गर्ने र अभियानको दोस्रो चरणमा संगठन बिस्तार र सुदृढ गर्ने निर्णय गरेको छ।

दुई दिनसम्म चलेको बैठकले दलाल पुँजीवादको निर्देशनमा सञ्चालित संसदीय व्यवस्था दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको, भ्रस्टाचार , कमिशन र लुटतन्त्र बढ्दै गएको , पुराना राजनीतिक दलहरू असफल बन्दै गएको, देशको अन्यौलता र अराजकताको पहिलो शिकार नै महिलाहरु भैरहेकोले समाजमा बढ्दै गएका महिला हिंसा , सामाजिक असुरक्षा , मिटर ब्याज र बित्तीय शोषण बिरुद्ध संघर्ष सञ्चालन गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

अध्यक्ष बन्धु सीले जनपत्रीका डटकमसंग कुराकानी गर्दै मिटर ब्याज, महिला हिंसा र बित्तीय उत्पीडनको चर्को समस्यालाई समाधान गर्न तत्काल प्रधानमन्त्री , अर्थमन्त्री , महिला तथा बालबालिका मन्त्री, मुख्यमन्त्रीहरु र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिने कार्यक्रम समेत रहेको बताइन् ।

त्यस्तै बैठकले समाजवादी महिला मोर्चा निर्माणमा पहल गर्ने, पुँजीवादी कथित स्वतन्त्रता र समाजवादी समानताबारे प्रशिक्षण गर्ने, बर्तमान संकटको निकास नेपाली बिशेषताको समाजवाद हो भन्ने कुरालाई महिला आन्दोलनमा स्थापित गर्ने, पुँजीवादी छाडा उपभोक्तवादी संस्कृति विरुद्ध `सी´ जातिको संस्कृति अबलम्बन गर्ने, बैचारिक स्पष्टता -आर्थिक आत्मनिर्भरता र सामुहिक संगठित जीवन महिला मुक्तिका आधारभूत सर्त हुन् भन्ने बिषयलाई व्यबहारमा प्रयोग गर्दै लैजाने योजना समेत रहेको अध्यक्ष बन्धुको भनाइ थियो।

महिलाहरुको हक, अधिकार र व्यवस्था निर्माणका लागि निर्माण भएका अन्य संघ/ संघठनहरु सत्ता , शक्ति र विभिन्न गैरसरकारी संस्थाहरु वरिपरि घुमिरहेको बेला अहिलेको राज्य व्यवस्थाको विकल्पको रूपमा समाजवादबाट मात्रै महिला अधिकारले पुर्णता पाउने निस्कर्श सहित आन्दोलनरत महिला संघ क्रान्तिकारीले रास्ट्रीय स्वाधीनताका पक्षमा , अन्याय , अत्याचार र उत्पीडन विरुद्ध बिगत लामो समयदेखि दबाब , आन्दोलन र क्रान्तिकारी संघर्ष गर्दै आएको छ भने तत्कालीन माओवादी जनयुद्धको क्रममा झण्डै २५ सय महिलाहरुले बलिदान समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।