६ आश्विन २०८१, आईतवार

नेकपा उदयपुरले एमसिएका प्रमुख खड्ग बहादुर विष्टकाे पुत्ला दहन गर्यो

0

उदयपुर- नेपाल कम्युनिस्ट पार्टी उदयपुरले एमसिसी कार्यान्वयन विरुद्ध एमसिएका प्रमुख खड्क बहादुर बिष्टकाे पुत्ला दहन गरेको छ ।

अमेरिकी परियोजना एमसिसी राष्ट्र र राष्ट्रियताकाे विरुद्ध रहेकाे भन्दै शुक्रबार नेकपाका नेता तथा कार्यकर्ताहरुले उदयपुरको सदरमुकाम गाईघाट नजिक चुहाडे चाेकमा एमसिसी प्रमुख बिष्टकाे पुत्ला जलाएका हुन् ।

पुतला दहन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद ,एकीकृत जनक्रान्ती जिन्दावाद , गाे ब्याक अमेरिका ,एमसिसी चाहिदैन अमेरिकी सेना ल्याउन पाईदैन , प्रहरी दमन बन्द गर जस्ता नारा लगाएर एमसिसीकाे बिराेध गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा उदयपुरको जिल्ला ईन्चार्ज अमृत सीले नेपालको विभिन्न भुगमा रहेको स्रोत साधनलाई विकासको नाममा कब्जा गरेर नेपाललाई युक्रेन बनाउन खोज्ने रणनीतिक एमसीसी परियोजनालाई नेपाली जनताले कुनैपनि हालतमा लागू गर्न नदिने ठोकुवा गर्दै सम्पूर्ण देशबासिलाई एमसिसीको विरोधमा सडकमा उत्रिन आवाह्नन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।