६ आश्विन २०८१, आईतवार

नेपाली जनताको स्वाधीनतालाई सुनिश्चित गर्न सक्ने समाजवाद आजकाे आवश्यकता हो : विप्लव

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताको स्वाधीनतालाई सुनिश्चित गर्न सक्ने समाजवाद आजकाे आवश्यकता भएको बताएका छन् ।

समाजवादी माेर्चाकाे पूर्व घाेषित कार्यक्रम अनुसार आज विरगञ्जकाे नगरसभा कक्षमा भएको सन्देशसभालाई सम्बाेधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । अहिलेसम्मकाे व्यवस्थाले नेपाली जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बाेधन गर्न नसकेको बताउदै महासचिव विप्लवले संकटग्रस्त दलाल पुजीवादलाई अन्त्य गरेर नेपाली विशेषताकाे समाजवाद चाहिएको बताए ।


उनलेे भने, -‘नेपाली जनताहरु धेरै विद्राेहहरु गरेका छन्, मधेसले पनि धेरै विद्रोह गरिसकेको छ, मधेसी जनताले पनि धेरै रगत बगाइसकेका छन्, मधेसमा धेरै उत्पीडन, समस्या र सल्लाहसुझाव पनि छ तर अहिलेको संकटग्रस्त दलाल पुजीवादविरुद्ध एउटा अन्तिम समाजवादी विद्राेह आवश्यक छ त्याे विद्राेहमा मधेसको सक्रिय सहभागिता हुनुपर्छ, सक्रिय सहभागिताका लागि अपिल पनि छ ।’
महासचिव विप्लवले अहिले देशको स्वाधीनता सर्वाधिक संकटमा परेको बताउदै भूमण्डलीकृत साम्राज्यवादकाे चङ्गुलबाट नेपाललाई मुक्त गर्न सबै मिलि लाग्नुपर्ने बेला आएकाे दाबी गरे ।

नेपाली जनताको भविष्य निर्माण गर्न कुनै हस्तक्षेपबाट नअत्तालिएर सबै नेताकार्यकर्ता र श्रमिक जनता मिलेर समाजवाद स्थापना गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नु आवश्यक रहेको उनलेे बताए ।

सन्देशसभामा समाजवादी माेर्चा, नेपालका नेताहरु प्रधानमन्त्री प्रचण्ड, माधवकुमार, उपेन्द्र यादव लगायतले पनि सम्बाेधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।