५ आश्विन २०८१, शनिबार

नेकपाद्वारा गजेन्द्र सीको आमाप्रति हार्दिक श्रद्धाञ्जली

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि समिति सदस्य तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका संयोजक गजेन्द्र सीको ममतामयी आमा फिपरानी इङनामको ८३ वर्षको उमेरमा भएको निधनप्रति नेकपाले दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपाका नेताहरु पोलिट ब्युरो सदस्य तथा कोशी व्युरो इन्चार्ज दिपेश सी , नेकपा पोलिटव्युरो सदस्य तथा केन्द्रीय उत्पादन विभागका सदस्य सुमन सी लगाएत नेकपाका केन्द्रिय सदस्य तथा मोरङ्ग इन्चार्ज संगित सी र केन्द्रीय सदस्य एवं धनकुटाका इन्चार्ज पुष्प सीले केन्द्रीय प्रतिनिधि समिति सदस्य गजेन्द्रको निवास इटहरीमा पुगेर आमाप्रति हार्दिक श्रद्धाञ्जली र शाेकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेकपा केन्द्रीय समितिकाे बैठकमा सहभागी भएर भर्खरै मात्र आफ्नो कार्यक्षेत्र आइपुगेका नेताहरुले समवेदना पत्र हस्तान्तरण गर्दै आमाप्रति पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । दिवगंत आमाकाे वि. सं. १९९७ माघ १ इवा ५ बरबोटे तेह्रथुममा जन्म भइ वि. सं. २०८० साउन २६ गते इटहरी ४ सुनसरीमा ८३ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।