५ आश्विन २०८१, शनिबार

देशमा भएको सबै खाले हस्तक्षेपका विरुद्ध सङ्घर्ष गर्ने नेकपा कोशी ब्युरोको निर्णय 

0

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी कोशी व्युरोको तेश्रो पुर्ण वैठक पार्टीको व्युरो कार्यालय इटहरीमा शुक्रवार सम्पन्न भएको छ ।

उक्त बैठक पार्टीका पोलिटव्युरो सदस्य एवं व्युरो इन्चार्ज दिपेश सीको अध्यक्षतामा सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरेको छ ।

पुर्वकै केन्द्र मानिएको मोरङ र सुनसरी जिल्लाको जनघनत्वलाई मध्यनजर गर्दै दुवै जिल्लालाई २/२ वटा सांगठनिक संरचनामा विभाजन गरि नेतृत्व समेत चयन गरि जिम्मेवारी हस्तान्तरण गरिएको छ।

जस अनुसार सुनसरीको ६ वटा पालिकाको भुगोललाई उत्तर सुनसरी जिल्ला समिती र ६ पालिकाको भुगोललाई दक्षिण सुनसरी जिल्ला समिती निर्धारण गरिएको छ भने उत्तर सुनसरी जिल्ला समितिको सेक्रेटरीमा शुरेस सी र दक्षिण सुनसरी जिल्ला समितिको सेक्रेटरीमा जीवन सी रहेका छन् ।

यी दुवै जिल्ला समितीको पार्टी इन्चार्जसिपको जिम्मा भने राजनैतिक आस्थाको आधारमा ३० महिनासम्मको जेलजीवनवाट भर्खरै मुक्त भएका डि.वी. सी लाई दिईएको छ ।

 

यसैगरी मोरङ जिल्लाको पुर्वि भेगका ९ वटा पालिकाको भुगोललाई समेटेर वनाईएको पुर्वी मोरङ जिल्ला समितिको सेक्रेटेरीमा डिल्ली सी रहेका छन् भने विराटनगर महानगरपालिका सहितको ८ वटा पालिकाको पश्चिम मोरङ जिल्ला समितीको सेक्रेटरीमा साविक मोरङ जिल्ला सेक्रेटरी कुमार सी रहेका छन् । दुवै जिल्ला समितीका इन्चार्ज भने पार्टीको केन्द्रीय सदस्य संगित सी रहेका छन् । उनी पनि केही महिना अगाडि मात्रै जेलवाट छुटेका थिए ।

 

उक्त वैठकले समाजवादी मोर्चा, नेपाली विशेषताको समाजवाद, लघुवित्त, मिटर व्याज, भ्रष्टाचार साथै समाजमा हुने महिला हिंसा, जातिय विभेद र हिंसाको विरुध्दमा कडा संघर्ष छेड्ने

तथा कालोवजारी , एम सी.सी. कार्यान्वयन सम्झौताको विरुद्ध लगायतको शिर्षकहरुमा व्यापक अन्तरक्रिया गर्ने तथा संघर्षहरु उठान गर्ने वेलगाम भईरहेको मूल्य वृध्दि संगै भारतले चामल रोकेर अन्य औद्योगिक वस्तुहरुको वजार नेपाललाई वनाउने योजनाको विरुध्द संघर्ष गर्दै चामल रोक्ने छिमेकि देशको अन्य औद्योगिक सामानहरु पनि सिमाना वाटै रोक्न संघर्ष गर्नुसगै आम नेपालीलाई ती सामनाहरु प्रयोग नगरी विरोध जनाउन अपिल गर्दै पार्टी कमिटी र पार्टीको सम्पुर्ण सदस्यहरुलाइ खाद्यान्नमा आत्म निर्भर वन्नको लागि उत्पादन सम्वन्धि योजनागत निर्णयहरु समेत गरेको छ ।

 

दुई दिन सम्म चलेको वैठकमा पार्टीका पिविएम तथा केन्द्रीय उत्पादन विभागका पुर्वी नेतृत्व सम्हालेका क. सुमन सी को उपस्थिति समेत रहेको थियो । वैठकले गम्भिरतापुर्वक छलफल वहश गरि अन्य दुरगामी निर्णयहरु समेत गरिएको वुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।