५ आश्विन २०८१, शनिबार

आर्टिकल कम्पिटिसनको उपाधि बैतडीका सुरेन्द्र भट्टलाई

0

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘मोटिभेशनल आर्टिकल कम्पिटिसन’ को उपाधि सुरेन्द्र भट्टले जितेका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको प्रतियोगितामा २५६ जनालाई पछि पार्दै भट्टले उपाधि जितेका हुन् ।

प्रतियोगितामा डिबि भण्डारी, मौषम कुमार झा र विजय पौडेलले क्रमश दृतिय, तृतिय र चौथो भएका छन् । प्रथम बनेका भट्टले एक लाख रुपैयाँ पुरस्कार जितेका छन् भने भण्डारी, झा र पौडेलले क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।  प्रतियोगितामा देशभरबाट २५७ जनाको सहभागिता रहेको थियो । पहिलो चरणमा एक वैकल्पिकसहित उत्कृष्ट ११ जना छोटो सूचीमा परेका थिए । छोटो सूचीमा परेकाहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेसँगै पहिलोदेखि १० औं सम्मको सूची तयार पारिएको थियो ।

निर्णायकको रुपमा रहेका चर्चित मोटिभेटर रविन कटुवाल र अशोक कुमार दाहालले मसिनो गरि मुल्याङ्कन गरेका थिए । कार्यक्रममा पर्याटन व्यवसायी, सकारात्मक सोचका अभियान्ता, लेखक कर्ण शाक्यको प्रमुख आथित्यता रहेको थियो । प्रतियोगितामा सन्देश पोखरेल पाचौं, राजेश सिंह ठगुन्ना छैटौं, मदन भूसाल सातौं, अर्चना शाह ठकुरी आठौं र महेन्द्र शाही नवौं स्थान हाँसिल गर्न सफल भएका छन् । प्रतियोगितामा दुई जनाको सहभागी भएका थिएनन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले सपनालाई कहिल्यौं पनि मर्न दिन नहुने बताएका थिए । आफ्नो सफलताको कथा सुनाउँदै शाक्यले सपनाले नै मानिसलाई सफल बनाउने र त्यही सपनालाई पच्छ्याउने मान्छे सफलताको हकदार उने बताएका थिए ।  कार्यक्रममा बोल्दै प्रमुख निर्णायक कटुवालले प्रतियोगितामा छनोट भएका सबै विजेता भएको बताए । ‘फर्ट, सेकेण्ड, थर्ड विधि पर्याएको मात्र हो । तपाईंहरु सबै एकसय एक हुनुहुन्छ ।’, उनले भने, ‘लेखनलाई निरन्तरता दिदै गर्नुहोला । यसलाई कहिल्यै  नछोड्नु होला ।’

प्रतियोगितामा अस्ट्रेलियाको अस्ट्रेलियन हार्वर अन्टरनेशनल कलेजका प्रतिनिधि खेम तिमल्सिनाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाको अस्ट्रेलियन हार्वर अन्टरनेशनल कलेजसहित वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, क्यापिटल स्टडि अब्रोड, क्यानडाको युनिभर्सिटी अफ क्यानडा वेस्ट, इन्फरमेटिभ एजुकेशन, कनेक्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी, हब इन्टरनेशनल एजुकेशनल, ओसिस अब्रोड स्टडि एण्ड भिसा सर्भिसेस् र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कार्यक्रम सफल पार्न सहयोग गरेका छन् । कार्यक्रमको अध्यक्षता मोटिभेट न्यूज डटकमका अध्यक्ष शोभराज बरालले गरेका थिए


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।