५ आश्विन २०८१, शनिबार

नेकपा कपिलवस्तुद्वारा एमसिए नेपालका प्रमुख बिष्टको पुत्ला दहन

0

नेपाल कम्युनिस्ट पार्टीले एमसिए नेपालका प्रमुख खड्का बहादुर बिष्टको पुत्ला दहन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको चन्द्रौटा बजार चोकमा शुक्रबार बेलुका ५ बजे एमसिएका नेपाल प्रमुख विष्टको पुत्ला दहन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय सचिव तथा केन्द्रिय सदस्य सन्तोष सुवेदी (प्रयास सी) ले एमसिए परियोजनाले नेपाललाई बेच्ने प्रयास गरेको आरोप लगाए ।


एमसिए र एमसिसि परियोजनाले नेपाललाई आधारशिला बनाएर कब्जा गर्न सडयन्त्र गर्न खोजेकाले राष्ट्रघाती परियोजना खारेज गर्नु पर्ने केन्द्रिय सदस्य सुवेदीले बताए ।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सिको नेतृत्वमा पुत्ला दहन गरिएको हो ।

जिल्ला सचिव (पाबेल सी) ले नेपालमा राष्ट्रवाद स्थापनाका लागि एमसिए नेपालका अध्यक्ष खड्का बहादुर बिष्टको पुत्ला दहन गरेको बताए ।


सो पुतला दहन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।