५ आश्विन २०८१, शनिबार

लप्सिफेदीका जनताको व्यापक समर्थनसहित नेकपाले जलायो एमसीए प्रमुखको पुत्ला

0

काठमाडौं: एमसीसी प्रभावित क्षेत्र काठमाडौंको लप्सिफेदीमा जन सहभागितासहित नेपाल कम्युनिस्ट पार्टीले एमसीए प्रमुखको पुत्ला जलाएको छ । शुक्रबार एमसीसीद्वारा प्रस्ताविक सवस्टेशनमा पुगेर प्रभावित जनतासहित नेकपाका नेता कार्यकर्ताले एमसीए प्रमुख खडग बहादुर बिस्टको पुत्ला जलाइएका हुन् ।

नेकपाको केन्द्रीय संघर्षको नीति अनुसार शुक्रबार बिस्टको पुत्ला जलाइएको नेकपा काठमाडौं जिल्ला नम्बर ५ का इन्चार्ज इच्छुक सीले बताए । ‘हाम्रो संघर्षको कार्यक्रममा एमसीसी अति प्रभावित क्षेत्र लप्सिफेदिमा ब्यापक जनताको सहभागितामा स्थानीय सघर्ष समिति र नेपाल कम्युनिस्ट पार्टी छ नम्बर जिल्लाको योजनामा एमसीए प्रमुखको पुत्ला दहन गरियो ।’, उनले भने ।

एमसीसी लप्सिफेदिका जनताका लागि मात्र नभएर सिङ्गो देशको लागि नै घातक रहेकोले भन्दै जिल्ला इन्चार्ज इच्छुकले सबै जनता एकजुट भएर एमसीसीका विरुद्ध लड्नुपर्ने बताएका थिए । उनले एमसीसी सम्झौतामा राखिएका सर्त कुनै पनि हालतमा स्विकार्न नसकिने भन्दै त्यस्तो सर्तसहितको परियोजना लागु गर्नै नदिने बताए ।

कार्यक्रममा समितिका अध्यक्ष रन्जित तामाङले लप्सिफेदिमा कुनै पनि हालतमाएमसीसी कार्यन्वयन हुन नदिने बताएका थिए । उनले नेपाल कम्युनिस्ट पार्टिले साथ दिए आफूहरू संघर्षलाई निश्कर्षमा पुर्यान सक्ने बताएका थिए । कार्यक्रममा जिल्ला सेक्रेटरि ध्रुब सी, रोज सी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।