८ कार्तिक २०८१, बिहीबार

एमसीसी ल्याउने चार पाँच साँढेको एक एक हिसाब हुने छ : पूर्व जरनेल प्रेमसिंह बस्नेत

0

काठमाडौँ: नेपाली सेनाका पूर्व जरनेल प्रेमसिंह बस्नेतले नेपालमा एमसीसी ल्याउने चार पाँच साँढेको एक एक हिसाब हुने चेतावनी दिएका छन् ।
नेकपासहित चार कम्युनिष्ट पार्टीको आयोजनामा काठमाडौँमा भएको एमसीसी कार्यान्वयन विरुद्धको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै पूर्व जरनेल बस्नेतले यस्तो चेतावनी दिएका हुन् । उनले नेपालका चार पाँच साढेमा प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा र केपी ओली भएको बताए ।
उनले यो देशका सचिव सहसचिव तथा दुई लाख सुरक्षाकर्मीका बन्दुकहरु मरेकाले नेपालमा एमसीसी आएको बताए ।


पूर्व जरनेल बस्नेतले कालोलाई कालो र गोरोलाई गोरो भन्न नसक्नेहरु हाम्रो देशमा मरेको समेत तर्क गरे ।
उनले आक्रोसित हुदै भने, “कालोलाई कालो र गोरोलाई गोरो भन्ने आँट गर्नुहोस् । यत्ति पनि भन्न सक्नु हुन्न भने मरे हुन्छ ! मरे हुन्छ ! मरे हुन्छ ! ”
पूर्व जनरेल बस्नेतले नेपालको एमसीसीको ठुलो दास पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा र केपी ओली जस्ता दलालहरु भएकाले पृथ्वीनाराण शाहको लासमाथि महादलाल भएर एमसीसी भित्र्याएको टिप्पणी गरे ।
उनले एमसीसीलाई खारेज गर्न सबै पूर्व तथा बहालवाला सुरक्षा निकायका राष्ट्रवादी शक्तिदेखि सबै नेपाली जनता एक भएर सडकमा आउन अपिल पनि गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।