८ कार्तिक २०८१, बिहीबार

अमेरिकी डलर र ग्रिनकार्डले एमसीसीको पक्षमा केही दलालहरु बाेलेका छन् : ऋषिराम कट्टेल

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले अमेरिकी डलर र ग्रिनकार्डले एमसीसीको पक्षमा केही नेपाली दलालहरु बाेलेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी लगायतका चार कम्युनिष्ट पार्टीको आयोजनमा आज काठमाडौँमा भएको एमसीसी कार्यान्वयन विरुद्धको विरोध प्रदर्शन पछिको कोणसभालाई सम्वोधन गर्दै अध्यक्ष कट्टेलले यस्तो खुलासा गरेका हुन् ।


उनले भने, “एमसीसी विकास हो भनेर एमसीसीको पक्षमाबाट बाेल्ने केही दलालहरुको ग्रिनकार्ड होला ।उनीहरु अमेरिकी साम्राज्यवादको आईपीएस (हिन्द प्रशान्तीय रणनीति) अन्तरगत नेपालमा एमसीसी ल्याएको र यो अमेरिकी सैन्य योजना भएको दावी गरे ।
अध्यक्ष कट्टेलले प्रचण्ड एमसीसीका दलाल मात्र नभई नेपालका अपराधी भएको दावी गर्दै राष्ट्रका अपराधीहरुलाई नेपाली जनताले छुट नदिने वबताए ।
उनले अमेरिका युद्धपिपासु र अपराधी शक्ति भएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।