
काठमाडौँ: अखिल नेपाल शिक्षक संगठनले आफ्नो ७ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । संगठनका अध्यक्ष घनश्याम पाठकले जनपत्रिका अनलाइनलाई दिएको जानकारी अनुसार सम्मेलनको मूल नारा ‘दलाल पूँजीवादी शिक्षा प्रणाली अन्त्यको लागि हाम्रो आन्दोलन ! समाजवादी शिक्षा प्रणाली स्थापनाका लागि ७ औं राष्ट्रिय सम्मेलन !’ रहेको छ ।
भदौ १५ गते मध्यान्ह १२ बजे काठमाडौँको भिमसेनस्थान स्थित परोपकार उच्च माध्यमिक विद्यालयको सभाकक्षमा हुने उद्घाटन समारोहको उद्घाटन वरिष्ठ अधिवक्ता तथा वेपत्ता परिवार एकराज भण्डारीले गर्नेछन् । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको संगठनका अध्यक्ष पाठकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्