
काठमाडौँ: पूर्व सुरक्षाकर्मी परिषद प्रवक्ता हेमकर्ण गिरीले देश बचाउने विप्लवको अभियानमा आफु साथ दिन तयार रहेको बताएका छन् ।
नेकपा सहित चार कम्युनिष्ट पार्टीले काठमाडौँमा एमसीसी कार्यान्यवन विरुद्ध आयोजना गरेको विरोध प्रदर्शन पछिको कोणसभालाई सम्वोधन गर्दै प्रवक्ता गिरीले देश बचाउने नेतृत्व विप्लवलाई देखेकाले देश बचाउने अभियानमा आफ्नो साथ रहने बताए ।
उनले भने,“एमसीसीले देश विदेशीको हातमा जान थाल्यो । यसलाई बचाउनु पर्छ । देश बचाउने नेतृत्व विप्लव देखेको छु । देश बचाउने विप्लवको अभियानलाई साथ दिन्छु । झण्डा बाेकेर हिड्न तयार छुँ ।”
प्रवक्ता गिरीले कुनै पनि नेपाली देशभक्तहरुले यतिबेला देश बचाउने अभियानमा साथ दिनु पर्ने बताए ।
उनले नेकपा महासचिव विप्लवलाई भने, “देश बचाउने नेतृत्व गर्नुहोस् । राष्ट्र बचाउने अभियानमा काँधमा–काँध र हातमा–हात मिलाउन तयार छुँ ।”
प्रवक्ता गिरीले जहाँ –जहाँ अमेरिका पस्छ त्यहाँ–त्यहाँ ध्वस्त हुने गरेको स्मरण गर्दै नेपालमा पनि अमेरिका आउँदा नेपाल नरहने बताए ।
उनले प्रचण्डलाई भने, “माओको नाम लिएर एमसीसीमा हस्ताक्षेर गरेर कुनै अर्थ छैन । राजा महेन्द्रलाई समेत माओले सहयोग गर्दा यो देश यहाँसम्म आएको हो ।”
उनले नेपालमा एमसीसी पास हुँदा आफु तीन दिनसम्म रोएको बताउदै देशको लागि, माटोको लागि जस्तो सुकै त्याग गर्न तयार रहको पनि प्रतिबद्धता जनाए ।