८ कार्तिक २०८१, बिहीबार

एमसीसी प्रभावित क्षेत्र भुमहीमा स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

संवाददाता ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले नवलपरासीको भुमहीमा बृहत् अन्तरक्रिया कार्यक्रममा आयोजना गरेको छ ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी आइपिएसको अङ्ग भएको दाबी गरेका छन् ।
नेता विरहीले साम्राज्यवादी चलखेल र दलाल नेतृत्वको कारण एमसीसी जबर्जस्ती कार्यन्वयन गराउन खोजिएको बताए ।
एक अर्को प्रसङ्गमा नेता विरहीले स्वतन्त्र भनिएका घन्टी धारीहरु एमसीसी जस्तो गम्भीर राष्ट्रघातमा चुईक्क नबोलेको टिप्पणी गरेका छन् । एमसीसी जबर्जस्ती लादेर भयानक सैन्य रणनीति गर्न खोजेको भन्दै राष्ट्रियता पक्षधर शक्तिहरु एकजुट हुन नेता विरहीको अपिल थियोे ।
काङ्ग्रेसले उदारवादका नाममा वैदेशिक हस्तक्षेप निम्त्याएको समेत बताए ।
अन्तरक्रिया कार्यक्रम नेता विरहीले पेश गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य चिनक कुर्मीले एमसीसी अन्तर्राष्ट्रिय षड्यन्त्र भएको बताए । उनले एमसीसीसँगै सैन्य अखडा बनाए आफूले बन्दुक बोक्न चेतावनी समेत दिए । उनलेे प्रचण्डको नेतृत्वबाट समाजवाद सम्भव नभएको ठोकुवा समेत गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले अमेरिकीले एमसीसीमार्फत सैन्य क्रिडास्थल बनाएर राज्यको प्राकृतिक र सांस्कृतिक सम्पत्ति दोहन गर्न खोजेको आरोप लगाए । उनलेे अन्तर्राष्ट्रिय कानुन विपरीत सम्झौता गरिएको र देशकै संविधान भन्दा माथि बनाएर पास गरिएको दाबी गर्दै नेताले जनतालाई दास बनाउन लागि परेको बताए ।
यस्तै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तिलक सुवेदीले एमसीसी लगानी मात्र नभई राजनीतिक अस्थिरता निम्त्याउन खेलिएको षड्यन्त्र भएको बताए, उनले धर्म परिवर्तनको नाममा राज्यलाई थप संकटमा धकेल्ने काम भएको बताए । उनलेे देश जोगाउन देशभक्तहरु एक हुनुपर्नेमा जोड दिए ।

जनता समाजवादि पार्टी नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले सदन र सत्तामा गएका नेताहरू राज्यको सम्पत्ति चोरी गर्दै विदेशीको गुलाम बनेको आरोप लगाए । यादवले सुस्ताको समस्या सुनाउदै राष्ट्रिय स्वाधीनताको कुरा गर्ने हो भने त्यस ठाउँका जनतालाई नागरिकता र लालपुर्जा दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले नेताहरू सम्पत्ति सुदृढीकरण गर्नुपर्ने भनाइ राखेको थिए ।

स्वनिर्भर अभियानका संयोजक डा.शिव शंकर बस्यालले राजनीतिक बेइमानीले गर्दा देशमा अमेरिकी साम्राज्यवादले हस्तक्षेप बढाउदै लगेको बताए ।

नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कमल सीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी प्रताप सीले गरेका थिए भने स्वागत लोकमान सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।