२९ असार २०८१, शनिबार

भगवती जात्रा विजय दिवस हो : लेखक निर्मल श्रेष्ठ

0

भदौ २१ गते तानसेनमा भगवतीको रथयात्रा हुन्छ । अङ्ग्रेजलाई जितपुरगढीमा धूलोपीठो पारेपछि उजिरसिंह, यहाँको मगर सेना र पाल्पाली स्वाभीमान जनताको विरताको सम्मान र स्वाधीन चेतनाको निरन्तरताको लागि भगवती जात्रा चलाइएको थियो । त्यसैले पाल्पाको भगवती जात्रालाई म ’मिक्ट्री सेरमनी’ भन्छु । उजिरसिंह थापा नेतृत्वको मगर फौजलाई अङ्ग्रेज कमाण्डर जैलेस्पी, उनका बहिनी ज्वाईसहितको अङ्ग्रेज फोजलाई धूलोेपीठो पारेका अघिल्लो दिन तपाईंहरुले तानसेनमा राष्ट्रघाती एमसीसीको विरुद्ध यो कार्यक्रम राख्नु आफैंमा महत्वपूर्ण छ ।

चिकित्सकको हातमा भएको चक्कुले शल्य–क्रिया गर्दछ तर डाँकुको हातमा प¥यो भने डकैती गर्न प्रयोग हुन्छ । विकास संस्थालाई अमेरिकाले डकैतीमा प्रयोग गर्छ । नालापानीमा अंग्रेजले नेपाली फौजसँग लडेर जित्न नसकेपछि स्थानीय एकजना दलित किसानसँग मित लगाए । त्यही मितले नालापानी किल्लामा जाने पानीको मुहान अंग्रेजलाई देखाइदिए । अंग्रेज फौजले नालापानी किल्लाको पानीको मुहान बन्द गरिदिए । यसपछि नेपाली फौज पराजित भएको थियो । साम्राज्यवादले गरिबीमा खेल्छ । अंग्रेजले मितलाई मौजा दियो, पदक दियो तर नेपालले महाकाली नदी पारीको सबै भूभाग गुमायो । हामी मिल्यों भने, साम्राज्यवादको दलाली गरेनौं भने जित्छौं । निराश हुनुपर्दैन, राम्रो चिज, विचार, सुरुमा सानो नै हुन्छ । त्यसैले सानो ठूला होइन सहि जुन आवश्यक छ । अध्ययन र सङ्गतले ज्ञान र स्वाभिमान चाहिन्छ । जनचेतना अभियान चलाउनुपर्छ । रातो कमिज लगाऊँदैमा कम्युनिस्ट भइन्न । कम्युनिस्ट भनेको जीवन शैली हो ।

१९५० को सन्धिमा नेपाल–भारत सम्बन्धलाई बराबर स्तरमा राखेको छ तर १९६५ को पत्राचार  (Leter of exchange ) ले पराधीन बनाएको छ । भारतले १९५० को सन्धिलाई ‘गाजरको बाँसुरी’ बनाएको छ । यो सन्धि अनुसार अमेरिका नेपालमा आउँदा भारतले पनि विरोध गर्नुपथ्र्यो । तर भारतले गाजरको बाँधुरी बनायो, मन लागे बजाउने, मन नलागे खाइदिने गरेको छ । अमेरिकाले नेपालमा हवाई इन्धन भर्ने र तालिवान विरुद्ध लड्ने चर्चा हुनासाथ १९५० को सन्धि अघि सारेर विरोध ग¥यो । तर MCC को प्रश्नमा बोलेन । युक्रेन नाटो सैन्य गठबन्धनमा जान्छु भन्यो । तर रुसले रुस–युक्रेन सन्धि अनुसार मिल्दैन भन्यो । नेपाललाई सहयोग गर्छु भन्ने चीन पनि अंग्रेजसँग डरायो र नेपाललाई सहयोग गरेन ।

नेपालमा पञ्जावका राजालाई अंग्रेजविरुद्ध संयुक्त मोर्चाको प्रस्ताव गरेको थियो । उसले मानेन । आज पञ्जाव भन्ने देश छैन । नेपाल देश छ । इष्ट इण्डिया कम्पनी भारतमा कसरी आएको थियो ? सम्पूर्ण भारत कसरी उपनिवेश बनायो ?? त्यो सन्दर्भ नयाँ पुस्तालाई पढाउनु पर्दछ । हामी पाल्पालीले केवल संस्कृतिका कुरा मात्र गरेर हुँदैन अमेरिकाले उसको गैरसरकारी संस्थाको कर्मचारीले हस्ताक्षर गर्दछ । तर नेपालको अर्थमन्त्रीले हस्ताक्षर गर्छ । राष्ट्रवाद करिष्मा होइन, पाठ्यक्रममा राखेर नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । कौशल गणराज्यको ७५ प्रतिशत भू–भाग नेपालमा पर्दछ । तर भारतले उल्टो कुरा गर्दछ । गोर्खा भर्ती सन्धि नेपाल, भारत र ब्रिटेनको बिचमा भएको हो । नेपालको पूर्व सहमति विना केही गर्न मिल्दैन ! तर भारतले अग्नी–पथ योजना ल्याउँदा नेपालसँग कुनै परामर्श गरेन । टाढाबाट सुनेर ढोलकको सुरताल थाहा हुँदैन । नजिकबाट सुनेपछि मात्र थाहा हुन्छ । MCC को गम्भीर्यतालाई नजिकबाट अध्ययन गर्न आवश्यक छ । कार्यपत्रमा सन्दर्भ सामाग्रीहरु पनि राख्न आवश्यक छ ।

(२०८० भदाेै २० गते तानसेन, पाल्पामा भएको विचार गोष्ठिमा व्यक्त विचारको सम्पादीत अंश, शिर्षक हामीले दिएका हौं – सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।