५ जेष्ठ २०८१, शनिबार

साझा कार्यक्रम बनाएर एमसीसीको विरुद्ध लड्‌नुपर्छ : विशाल दर्लामी

0

           विशाल दर्लामी, राष्ट्रिय जनमोर्चा, 

एमसीसीको विरुद्ध एक्लै र संयुक्त कार्यक्रम गर्दै आएका छौं । यसलाई कायम गर्नुपर्छ । साम्राज्यवादले अर्को देशमा सेना लैजान्छ । तर सेना लैजान्छु भन्दैन । अमेरिकाले एमसीसीमार्फत दिने भनेको ५५ अर्ब ठूलो रकम होइन । त्यसको ठूलो अंश अमेरिकातिरै फर्किन्छ । ऋण बोकाउने धन आफ्नै देशमा फर्काउने गरेर साम्राज्यवाद मोटाउने गर्दछ । त्यसैले साझा आन्दोलनको विषय बनाएर जानुपर्दछ । कार्यपत्रको विषय उठान ठिक छ । 

कार्यपत्रमा संसद्‌मा MCC को पक्षमा र विपक्षमा रहेका पार्टीहरूको सन्दर्भ पनि उल्लेख गर्दा राम्रो हुन्छ । जनताले राष्ट्रवादी र देशद्रोही को-को हुन् सू-सूचित हुन पाउनुपर्छ । ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा जानूपर्छ । हाम्रो पार्टी एमसीसी परियोजनाको विरुद्ध छ ।

(नेपाल कम्युनिस्ट पार्टी, पाल्पाद्वारा आयोजित र पार्टीका स्थायी समिति सदस्य अनिल सीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक विचार गोष्ठी (२०८० भदाै २०) मा व्यक्त विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।