२३ बैशाख २०८१, आईतवार

म एक्लै भएपनि एमसीसी विरुद्ध लड्छु : डुलबहादुर कुँवर

0

       डुलबहादुर कुँवर अध्यक्ष राप्रपा, पाल्पा

कार्यपत्र ठिक लाग्यो । सकारात्मक सुझावहरुलाई समेट्दा राम्रो होला । एमसीसी जागू गर्नुपर्छ भन्ने कोहि थिएन । पारित हुँदैन होला भन्ने सबैको अनुमान थियो । जनताको आवाज कुल्चिएको छ । राष्ट्रघात भएको छ । हाम्रो पार्टी पनि एमसीसीको विरुद्ध थियो । सांसदहरुले ‘फ्लोर क्रश’ गरेर MCC को विरुद्ध आन्दोलन गर्लान् र पारित नहोला भन्ने डरले ध्वनी मतद्वारा पारित भएको घोषणा गरियो ।

एमसीसी परियोजना संसदमा लैजानुपर्ने विषय पनि थिएन । अर्थ मन्त्रालयको सचिवले हस्ताक्षर गरे हुने विषयमा नेपालका मन्त्रीहरू जोडिएका छन् । देशको प्रतिष्ठा गुमाउने कार्य भयो । योजना लागू गर्दै जाँदा नै अमेरिकी सेना आउने हो ।

१२ बुँदे ब्याख्यात्मक टिप्पणीको आडमा अब त एमसीसी पारित हुँदैन होला भन्ने जनविश्वास थियो । त्यहि समयमा झुक्याएर पारित गरियो । MCC नेपालको हितमा छैन । यसका शर्तहरू नेपालको प्रचलित कानूनको वर्खिलापमा छन् । सरकारले MCC लाई प्रश्न सोधेको नाटक गयो । MCC को विरुद्ध लड्नुपर्छ । तपाईहरुसँगै लड्न सक्नुहुन्न भने एक्लै लड्छौँ । Mcc बाट ध्यान अन्यत्र मोडन गाई खाने कि नखाने भन्ने बहसलाई योजनाबद्ध रुपमा उचालिएको छ ।

(२०८० भदौ २० गते तानसेन, पाल्पामा नेकपाद्वारा आयोजित अन्तरक्रियामा गरिएको व्यक्त विचारको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।