५ जेष्ठ २०८१, शनिबार

एमसीसी विरुद्धको मार्चपासमा म पनि सहभागी हुन्छु : बुद्धिजीवी बिन बहादुर कुँवर

0

कार्यपत्रमा प्रचण्डको विरोधाभासको कारण उल्लेख गरिएको छ । अमेरिकाका एकजना सांसद् (सिनेटर) हालै नेपाल भ्रमणमा आएका थिए। उनले प्रचण्डलाई शान्ति प्रक्रिया कहाँ पुग्यो ? सोधेका थिए । त्यसको अर्थ तिमी खतरामा छौ, राम्ररी काम गर’ भनेको हो । विप्लवको आडमा प्रचण्ड गर्जिन थालेका छन् । समाजवादी मोर्चामा समाजवाद विरोधीहरु रहेका छन् । समाजवाद विरोधी शक्तिहरुले समाजवादको रक्षा गर्न सक्दैनन् । श्रीलंका र बंगलादेशमा एमसीसी जानै सकेन । अफ्रीकी देश केन्याका जनताले एमसीसीले ज्यादती गर्न थालेपछि जनविद्रोह गरे र बिचैमा भाग्नु पर्यो । एमसीसीले नुवाकोट, वसन्तपुरजस्ता ‘हाई पोस्ट” कब्जा गर्दैछ । अंग्रेजले त्यहि गरेको थियो।

अमेरिकाले दिने भनेको ५५ अर्वमध्ये २५ अर्ब त परामर्शदाता, कर्मचारी, प्राविधिक भनेर उतै फर्काउँछ । ८ अर्ब सञ्चार क्षेत्रलाई प्रभावित गर्न खर्च गर्छ। नेता, बुद्धिजीवी, प्रहरी, कर्मचारी सबैलाई खरिद गर्न खर्च गर्छ। यसरी आधा त बिचैमा सकिन्छ । अमेरिकाले दलाललाई अघि सारेर, अरुलाई अगाडि सारेर आउँछ । अफगानिस्तानबाट अमेरिका जनताको दबाबमा फर्केको हो। एमसीसी भारत विरोधी योजना पनि हो। नेपालमा एमसीसी भारतको स्वार्थमा पनि छैन । भारतले पनि भोलि पश्चाताप गर्नुपर्ने हुनसक्छ ।

पाल्पामा मिशन अस्पताल आयो। यशुको नाममा उपचार गर्न थाल्यो। त्यस अगाडि एकजना पनि क्रिश्चियन थिएनन् । अस्पताल खोलेर धर्म प्रचार गरियो । साम्राज्यवाद आड लिएर आउँछ । हाइटेन्सन आयो, बाटो चौडा भयो भनेर होइन कि अमेरिकी साम्राज्यवाद आयो भनेर बुझनुपर्छ । पाल्पा जिल्ला साम्राज्यवाद विरोधी विद्रोहको केन्द्र हो । स्वाधीनताको विरासत भएको क्षेत्र हो । एमसीसी विरोधी मार्चपास अभियानमा हामी पनि सहभागी हुनेछौँ ।

(वामपन्थी बुद्धिजीवी कुवँरले २०८० भदौ २० गते नेकपा, पाल्पाद्वारा आयोजित, अनिल सीद्वारा प्रस्तुत कार्यपत्रमा टिप्पणीकारको रूपमा व्यक्त विचारको समपादीत अंश, शिर्षक हामीले दिएका हौं ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।