२३ बैशाख २०८१, आईतवार

विराटनगरमा हुने सभा सफल बनाउन उदयपुरमा समाजवादी मोर्चाको बैठक सम्पन्न

0

उदयपुर: समाजबादी मोर्चाको उदयपुर घटकमा संलग्न दलहरुबीच आज सामूहिक छलफल भएको छ । भदौ २५ गते मोरङको बिराटनगरमा आयोजना हुने समाजबादी मोर्चाको बृहत आमसभालाई सफल बनाउन जिल्लास्तरको कार्यक्रम तय गर्न बैठक बसेको हो ।

मोर्चामा आबद्ध उदयपुरका विभिन्न चार दलबीच छलफल भएको थियो । बैठकमा बिराटनगर सभामा जिल्लाबाट सहभागीहरुलाई लैजान व्यवस्थापनलगायतबारे जिम्मेवारी समेत बाडफाँड गरिएको बताइएको छ । आमसभामा जाँदा सम्पूर्ण राजनीतिक दलहरुले सामुहिक रूपमा एउटा ब्यानर सहितको एउटा बस व्यवस्थापन गर्ने, साथै अन्यलाई आआफ्नो पार्टीले व्यवस्थापन गरी सहभागी गराउने निणर्य गरिएको छ । कार्यक्रममा जाँदा टाँगीने व्यानर बनाउने जिम्मेवारी भने नेकपाले पाएको छ ।

छलफलको क्रममा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजबादीका नेता राममणी पोखरेल, नेकपाका मीनप्रसाद सी, अमृत सी र अनिता सी, जसपाका नेता खेमनारायण यादव, नेकपा माओवादी केन्द्रका द्रोणप्रसद पौडेल, धनमाया विक नेकपा, मानबहादुर राई, नेकपा, बिनोदकुमार खड्का नेकपा एस, पशुपति चौधरी नेकपा एस, केशबबहादुर मगर जसपा, सुनिता चौधरी नेकपा एस, र बिक्रमी महतो चौधरी नेकपा एस लगायतको नेताहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।