५ जेष्ठ २०८१, शनिबार

विकासको नाममा देश भाडामा दिन सकिन्न : अधिवक्ता पदम कार्की

0

                 पदम कार्की, अधिवक्ता, पाल्पा

हामी आफ्नो देश अमेरिकालाई भाडामा दिन सक्दैनौँ । कार्यपत्रको प्रस्तावना ठिक रहेको छ । यसका अन्य दफागत विषयलाई समृद्ध गर्न सकिन्छ । गोरखपुरमा भकारीमा हालेर भारतको काँधमा बन्धुक राखेर नेपालतिर गोली चलाउने अमेरिकाको रणनीति छ । एमसीसी अमेरिकाको सैन्य रणनीति नै हो भन्ने स्पष्ट नै छु । त्यसको लागि नेपाल भाडामा दिन सकिन्न । इष्ट इण्डिया कम्पनी ब्रिटेनको व्यापारिक संस्था थियो । त्यसैले कालान्तरमा पूरै भारत नेपालबाहेक सम्पूर्ण दक्षिण एशिया कब्जा गरेको थियो। कतै कालान्तरमा नेपालनै एमसीसीको हुने त होइन ? एमसीसीका प्रावधान हेर्दा शंका गर्नुपर्ने छ । म पनि एमसीसी रोक्ने सङ्‌घर्षमा लागेको थिएँ । तर रोक्न सकिएन भनेर लजाउनु पर्ने स्थिति बनेको छ ।
गगन थापाजस्ता राष्ट्रघातीहरू कपाल मुन्डन गर्नुभन्दा अगाडि नै अमेरिका गए हुन्छ। नेपालको बाटो फराकिलो बनाउन अमेरिका आउनु पर्दैन । पाल्पाको मगर सेनाले ब्रिटेनको फौजलाई परास्त गरेकै स्थानमा अमेरिकी सेनाको ब्यारेक राख्ने षड्‌यन्त्र छ । हिजो हाम्रा पुर्खाले अंग्रेजको सेनालाई वसन्तपुर, नुवाकोटगढी, जितगढी र दोभान गल्छीमा रोकेका थिए । आज त्यही सामरिक महत्वको क्षेत्र ताकेर एमसीसी आएको छ ।
पाल्पाली विरासत विजयको विरासत हो । दास्तव स्विकार नगर्ने विरासत हो। एमसीसी पारित भएको छ । त्यो लिखतलाई जनसङ्घर्षको बलमा बदर गर्नुपर्छ । त्यसको लागि सम्पूर्ण देशभक्तहरु एकजुट हुनुपर्छ । जितगढीको सेरोफेरो हाम्रो देशको महान विरासत हो । त्यहाँ गोर्खा निवृत्तिभरण शिविर खोलेर भारतले आफ्नो देशको झण्डा फहराउने षड्‌यन्त्र गरेको थियो । हामीले त्यो षड्‌यन्त्रलाई पराजित गर्र्यौ । हाम्रो स्वाभिमानका प्रतिकहरू ढाल्न खोज्छन् । उनीहरु अंग्रेजका दास भएको, बेला हामीले जितगढीमा अङ्ग्रेजलाई धूलो चटाएका थियौं । हाम्रो उर्जाको श्रोत नै कब्जा गर्न भारत चाहन्छ । हामीले जितगढीमा बनाउन खोजेको भारतीय निवृत्तिभरण शिविरको ढोका तोडेर नियन्त्रण गर्र्यौ । त्यसैले यो षड्‌यन्त्र अघि बढ्न सकेको छैन। त्यसको लिखत बदर गर्न बाँकी छ । देशद्रोहीहरुलाई मृत्युदण्ड दिने कानून बनाउनु पर्ने आवश्यकता देखिएको छ ।

(पाल्पा निवासी कार्की रुपन्देहीमा वकालत पेशामा छन् । २०८० भदौ २० गते नेकपा पाल्पाद्वारा आयोजित एमसीसी विरुद्धको विचार गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।