९ कार्तिक २०८१, शुक्रबार

जनयुद्धको प्रेरणाले मधेस उठेको हो : धरेन्द्र यादव

0

        धरेन्द्र यादव जसपा, नवलपरासी

मधेस उठ्‌यो तर स्वतन्त्रता पाइएन । दासत्व लाद्न छोडिएन । जनयुद्धले उत्पीडितहरुलाई शिर ठाडो पार्न सिकायो । बोल्न सक्ने बनायो । तर त्यही जनयुद्धका नेताहरू विदेशीसँग झुके । यो निन्दनीय कार्य हो । त्यसैले कम्युनिस्ट आन्दोलनको समीक्षा हुनुपर्छ । संघीयताको नारा मधेशीले चोर्यो भनिन्छ । हामीले चोरेको होइन, तपाईहरुले छोडेको कारण बाध्य भएर बोकेको हो । हामीले MCC पारित गर्न आवश्यक थिएन । संसद चोरै चोरले भरिएको छ।  राज्य शक्तिमा पुगेपछि नेताहरूले गरीबको झुपडी सम्झेनन् । बास बसेको गरीबको झुपडी सम्झेनन्। दलितको झुपडी सम्झेनन् । सहिद परिवा‌रले रोजगार र सम्मान पाएनन् । सांसद चिनक कुर्मी पुरानै अवस्थामा छन् ।  

अगाडिका नेताहरूले बिगारेको कारण तपाईहरुमाथि पनि शंका छ । स्वतन्त्रता एउटा समुदायलाई भयो । सुस्तामा तपाई झण्डा गाड्नु हुन्छ, भारतीय सेना (एसएसबी) आएर सुस्ताको जनतालाई पिट्छ ।  तिनै जनतासँग नेपालको नागरिकता छैन ।  झण्डा गाडेर मात्र राष्ट्रवाद हुँदैन ।’

गोरखपुरसम्म हाम्रो नक्शा विस्तार किन नगर्ने ? उसले हाम्रो भूभाग उता पार्छ भने हामीले भारतको भूभाग यता पार्न सक्नुपर्छ । हामी साझा कार्यक्रमको लागि तयार छौं ।

(२०८० भदौ २२ गते भुमही, नवलपरासीमा भएको MCC विषयमा भएको गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश – सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।