८ कार्तिक २०८१, बिहीबार

समाजवादी मोर्चा : सन्देश सभाका सन्देशहरु                                

0

        रणदिप, केन्द्रीय समिति सदस्य नेकपा
 

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना जुन परिस्थितिमा जसरी स्थापना भयो, त्यो भन्दा हजार गुणा कठिन  भएको छ । स्थापना पछिको विभाजित कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा । विगतको बुझाई हेराई र प्रयासले कुनैपनि हालतमा एकता सम्भव छैन  । ७५ वर्षको नेपाली कम्युनिष्ट आन्दोलन  जसरी धेरै समुहमा विभाजित भएको छ । त्यसलाई एकताबद्ध गर्ने कुरा  नयाँ कम्युनिष्ट दर्शनको विकास नयाँ सोच र चिन्तनले मात्र सम्भव हुने देखिन्छ ।
 त्यो भनेको माक्र्स, लेनिन र माओकालिन दर्शनशास्त्र अर्थराजनीतिक संगठनात्मक सिद्दान्त मा विकासको कुरा हो  । परम्परावादी सोच र चिन्तनबाट न त पार्टी एकता न संयुक्त मोर्चा दुबै सम्भव छैन । सम्भव भएजस्तो देखिए पनि टिक्न निकै कठिन हुने कुरा सत्यसिद्ध कुरा हो । तर कम्युनिष्ट आन्दोलनको दबाब  नेपाली  कम्युनिष्ट जनमतको म्याण्डेटले छिटो छिटो रुपान्तरणको माग गरिरहेकै छ । कम्युनिस्ट विचारबाट विचलित भएर दलाल पूँजीवादी बाटो लिएका कम्युनिस्टहरुलाई कम्युनिस्ट संस्कार र संस्कृतिमा फर्किन निकै चुनौती देखिएको छ । भइहाले पनि जनविश्वास प्राप्त गर्न कठिन हुने टिप्पणीहरु भएपनि प्रयास गरे त्यति गाह्रोे विषय भने नहुने देखिन्छ । एकातिर कम्युनिस्ट जनमतलाई तितर बितर पार्ने र एकलौटी दलाल पूँजीवादी रबैया कायम राख्ने भूमण्डलिकृत साम्राज्यवादी षड्यन्त्र बढ्दै गईरहेको छ भने अर्कोतिर प्रतिगमनकारीहरुका बेलाबेलाका कुकृतिलाई नियाल्ने हो भने कम्युनिस्टहरुले आफ्नो ६५ % जनमतको रक्षा र विकासका लागि मोर्चालाई पार्टी एकता र मोर्चा बाहिरकालाई मोर्चामा ल्याउनु  पर्ने टड्कारो आवश्यक्ता देखिन्छ । यिनी सबै वस्तुगत आवश्यक्तालाई अध्ययन गरेर ४ पार्टी बीचको समाजवादी मोर्चा निर्माण भएको कुरा वैज्ञानिक सावित हुने पक्का छ ।

समाजवादी मोर्चा  निमार्णबारे

समाजवादी मोर्चाको निर्माण केवल वस्तुगत आवश्यक्ता मात्र पनि होइन । यो कम्युनिष्ट पार्टी र मोर्चामा आबद्ध पार्टीहरुको सचेत पहलले पनि निर्माण भएको हो ।  महासचिव क. विप्लवको  समाजवादी मोर्चाबारे लेख नेपाल कम्युनिष्ट पार्टीको मुखपत्र पेज नम्बर ७
नेकपा  वर्तमान राज्यसत्ताको विकल्प वैज्ञानिक समाजवाद प्राप्तिको मार्गमा हिडिरहेको पार्टी हो  । वैज्ञानिक समाजवादलाई रणनीतिको रुपमा अख्तियार गर्दै  उक्त रणनीतिलाई चुम्न एकीकृत जनक्रान्तिको कार्यदिशाको निर्माण र प्रयोगको अविचलित यात्रामा यात्रा गरिरहेको पार्टी हो ।  यसले न त दिर्घकालिन जनयुद्ध न त सशस्त्र जनविद्रोह  । तत्कालिन एकिकृत नेकपा माओवादी पार्टी त्यसपछि क. किरणको नेतृत्वमा रहेको नेकपा – माओवादीबाट विद्रोह गरेको कुरा यिनै नयाँ मान्यता र कार्यदिशाले विभाजनको पुष्टि पनि गरेको छ । आग्रह पुर्बाग्रह, आरोप र प्रत्यारोपको दर्शनले भरिपूर्ण शिक्षा प्राप्त गरेका नेताहरुका लागि समाजवादी मोर्चाले नयाँ शिक्षा पक्कै पनि दिएको छ  कुनैबेला सँगै बस्ने खाने त कुरै छोडौ सिधा हेर्न पनि नसक्ने जस्तो देखिएको पार्टीको सम्बन्धलाई एउटै मोर्चामा आबद्ध गर्नुमा पनि नयाँ दर्शन, कार्यदिशा र विचारले काम गरेको छ । मोर्चा पार्टी एकता होइन  सजिलै बुझ्ने कुरा भइहाल्यो तर यस्लाई बुझ्नै नसकिने र अन्योल सृजना हुने गरि पार्टी एकताको भ्रम छर्ने कोशिस जुन भयो । त्यो कम्युनिष्टको खोलमा लुकेको गैर कम्युनिष्ट प्रवृति हो भन्न कुनै गाह्रो नहोला । विचार र दृष्टिकोण राजनीति, रणनीति र कार्यक्रम मिल्ने ठाउँमा पुग्यो भने पार्टी एकता पनि हुन सक्छ । तर मोर्चा बन्न नै नदिने बने पनि टिक्न नदिने गरि जुन भ्रम दिन खोजियो यो हतास मनस्थितिको उपज हो । विगत फर्कने हो भने कसले कसलाई के गर्यो ? कसले फुलको थुङ्गाले मुसार्यो ?  कसले कसलाई बम हान्यो? देखेकै कुरा हो । तर सवाल त्यो होइन सवाल भनेको कम्युनिष्ट आदर्शको रक्षा कम्युनिष्ट जनमतको रक्षा र विकास  कम्युनिष्ट पार्टी सिध्याउन प्रयोग भएका साम्राज्यवादी दलालहरुको  भ्रमपूर्ण उदय यी सबै हेर्दा कम्युनिस्ट ४ पार्टीको मात्र होइन सिङ्गो कम्युनिस्ट धार समाजवादी मोर्चामामा बदल्नु आजको आवश्यक्ता हो  ।

सन्देश सभाका सन्देशहरु

चार पार्टी सम्मिलित समाजवादी मोर्चाको ऐतिहासिक घोषणा प्रकृयाले दलाल पूँजीपतिहरुको मात्र होइन भूमण्डलिकृत साम्राज्यवादको समेत निन्द्राहराम भयो । भने नेपाली जनतामा एउटा आशा भरोसा र नयाँ उद्देलन पैदा गर्यो  । टुटफुट र विभाजनको प्रकृयाले निराश कम्युनिस्टजनहरुलाई नयाँ सन्देश पक्कै पनि दियो । देश विदेशबाट मोर्चा र मोर्चामा आबद्ध दललाई निकै ठूलो बधाई धन्यवाद अझ भनौ एक प्रकारले आ-आफ्नो ठाउँमा खुसीयालीहरु पनि मनाएको पाईयो । निकै नै चुनौतीपूर्ण यात्राको तय गर्ने कुरा सामान्य थिएन । नेताहरुको सचेत मेहनतले सम्भव भएको कुरा देशैभरी सम्पन्न सन्देशसभाहरुले बताउँछ ।  ६ ठाउँमा सम्पन्न सन्देश सभाले नेपाली जनता एवम् कम्युनिस्ट विचार राख्ने कुनै पनि दलमा आबद्ध नेता तथा कार्यकर्ताहरुले विरोध वा नकारात्मक टिप्पणी गरेको पाइदैन यसो हुनुमा  यो मोर्चा आवश्यक हो भन्ने कुरा कम्युनिस्टमनले अनुमोदन गरेको कुरा हो भन्ने प्रस्ट बुझिन्छ । बरु सबै वाम घटकका साथीहरु पनि सहभागी भै प्रभावित भएको पाइयो ।  यो सभाले निरास भएका कम्युनिस्टहरुले आशाको दियो जगाएको छ । दलाल पूँजीवादी सत्ता र व्यवस्थाप्रति घृणा र नेपाली विशेषतासहितको समाजवादको नयाँ बहसको उद्घाटन गरेको छ भने  नेपाली दलालहरुको क्याम्पमा मात्र होइन साम्राज्यवादी क्याम्पमा समेत भुकम्प जाने खालको सन्देश दिएको छ । यसैको परिणाम हो हतारमा अझ कार्यन्वयनको दबाब पूर्वमा हिन्दु र मुस्लिम बिचको अनावश्यक को विवाद यो सबै साम्राज्यवाद र यसका दलालहरुको षड्यन्त्र हो ।  एक प्रकारको छटपटाहट पनि हो । तसर्थ यी ६ वटा सन्देश सभाहरु उत्साहजनक ढंगले सानदार रुपमा सम्पन्न भएपछि सहभागी र कम्युनिस्ट प्रियजनहरुलाई सकारात्मक सन्देश प्रवाह गरेको छ । सबैको एउटै यसपछि यो मोर्चा समाजवादमा नपुगी बिचैमा टुट्नु हुँदैन । दलाल पूँजीवादको विकल्प  समाजवाद दिन सफल हुनु पर्छ ।  सरकारमा रहदा जनताको हितमा काम गर्नु पर्छ  । सुशासनको अभियान ब्यूरोक्रेसिमा अगाडि बढाउनु पर्छ भन्ने धारणा जताततै शहर वा गाउँ सबैतिर सुन्न पाइन्छ । यो कुरा समाजवादी मोर्चाको आयोजनामा सम्पन्न सभाको उपलब्धी वा सन्देश  हो । यसलाई मोर्चामा आबद्ध  नेता र पार्टीले आत्मसाथ गरेकै विषय हो र  भुल्नु पनि हुँदैन ।  किनकी समाजवादी मोर्चा कुनै आवेक उत्तेजना र लहटको उपज होइन । वस्तुगत र आत्मगत स्थितिको परिणाम हो । देश र समाजको हितलाई  केन्द्रमा राखेर  निर्माण भएको समाजवादी मोर्चाको विरुद्धमा बोल्ने जो कोही पनि खरानी हुने कुरा  पनि त्यतिकै सत्य हो । किनकी राष्ट्रिय  स्वाधीनता विनाको समाजवाद बिल्कुल हुँदैन । समाजवाद प्राप्तिको संघर्ष भनेको नै स्वाधीनताको संघर्ष पनि हो । यो एक अर्काको परिपूरकको रुपमा देखापर्दछ । चिन्ताको कुरा केहो भने राष्ट्रियताको मुद्दा कमजोर पार्न सुशासनको हल्ला बढी भएको हो की ? भन्ने  आशंका उठ्न उठ्न थालेको छ । सरकारमा रहेका मोर्चामा आबद्ध कुनै पनि नेता कार्यकर्ताहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध बोल्दैन समाजवादी भइएपछि राष्ट्रघाती हुनबाट बन्चित भइन्छ की भन्ने चिन्ता लिएजस्तो लाग्छ । यो राम्रो संकेत होइन  बोल्नु पर्छ । राष्ट्रियताको रक्षा कम्युनिस्ट क्रान्तिकारीहरुले नै गर्ने हो । सुशासन सामाजिक न्याय र राष्ट्रियता  हामी कम्युनिष्टहरुकै एजेण्डा हो । त्यसैले त हामी समाजवाद चाहन्छौँ र समाजवादको लागि वर्गबैरीहरुसँग जीवनमरणको संघर्ष गरिरहेका छौँ । हिजोआज बजारमा समाजवादीहरु विरुद्ध साम्राज्यवादी हमला सुरु हुन लागेको छ  जनताको आकर्षण समाजवादी मोर्चा र लिडरहरुप्रति ह्वात्तै बढेपछि केही मिडिया र पात्रहरुको मानसिक सन्तुलन गुमे जसरी हमला जुनप्रकारले भएको छ यो पनि सन्देश सभाको सन्देश हो ।  जे होस् देशैभरी सम्पन्न सन्देश सभाले नयाँ आशा अनि उद्देलनको सन्देश छोडेको छ । भावी कार्यक्रमको विकास मोर्चाको विस्तार कार्यक्रममा नवीनता हुन आवश्यक छ । जीत समाजवादीहरु हो । धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।