१० श्रावण २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी पुर्वी राेल्पाकाे चाैथाे पूर्ण बैठक सम्पन्न

0

राेल्पा: नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी पुर्वी राेल्पाकाे चाैथाे पूर्ण बैठक शनिबार सम्पन्न भएकाे छ । पार्टी कार्यालयमा सम्पन्न बैठकले नेकपा नवाैं केन्द्रीय समितिकाे तेस्रो बैठकले लिएका याेजना र निर्णयलाई जिल्ला पालिका हुँदै गाउँ सेल तहसम्म दृढताका साथ लागू गर्ने निर्णय गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी पुर्वी राेल्पाका सेक्रेटरी एनान सीकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पुर्वी राेल्पा इन्चार्ज मणिराज सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने केन्द्रीय प्रतिनिधि समिति सदस्यहरू विश्लेषण सी र कुमार सी पार्टीका जिल्ला सल्लाहकारहरू पत्थर सी र क्युवा सीकाे आतिथ्यता रहेकाे थियाे ।


बैठकमा सहभागी सम्पूर्ण जिल्ला सदस्यहरूले आ-आफ्नाे क्षेत्रकाे रिपोर्ट पेश गरेका थिए भने जिल्ला कमिटी सदस्य प्रदिप सीले पार्टीको केन्द्रीय र व्यूराेेकाे सर्कुलर र दस्तावेज वाचन गरेका थिए ।
पार्टीको दस्तावेज र सर्कुलरमाथि प्रमुख अतिथि र अतिथिहरूले थप व्याख्यासहित प्रशिक्षणात्मक मन्तव्य राखेका नेकपाले जनाएकाे छ ।
बैठकले संगठन, संघर्ष, प्रविधि, अर्थ, श्रम संस्कृति, उत्पादन, नमुना कार्य लगायत एजेन्डाहरूमा महत्वपूर्ण निर्णयहरू गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।