२२ भाद्र २०८१, शनिबार

एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक बुटवलमा बृहत् अन्तरक्रिया सम्पन्न

0

संवाददाता ।

बुटवल: विवादास्पद एमसीसी परियोजना र त्योसँगै निम्त्याईएको खतराले देखिएको राष्ट्रिय स्वाधीनतालाई लिएर बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी रुपन्देही, क्रान्तिकारी कम्युनिस्ट पार्टी रुपन्देही, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रुपन्देही र नेकपा (मशाल) रुपन्देहीको संयुक्त आयाेजनमा गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले प्रस्तुत गरेको ७ पृष्ठको अवधारणा पत्रमा विभिन्न दलका नेता तथा बुद्धिजीवीहरुले टिप्पणी गरेका छन् ।

नेता विरहीले एमसीसी कसरी आयो, कसरी ल्याउने र सम्झौता गराउने षड्यन्त्र गरियो, यसका सैन्य रणनीतिका बारेमा अवधारणा पत्रमा खुलस्त पार्दै चीनले विश्वमा कहीकतै सैन्य हस्तक्षेप नगरेको बताए ।
अवधारणा पत्र माथि नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी गम्भीर खालको अन्तर्राष्ट्रिय सैन्य रणनीति भएको टिप्पणी गरेका छन् । उनलेे सरकारले जानाजान आफ्नो स्वार्थ र सत्ता टिकाउन यस्तो जालझेल र षड्यन्त्र गरेको आरोप लगाए ।


कार्यक्रममा नेकपा मशालका केन्द्रीय प्रतिनिधि दिपक पौडेलले एमसीसी गम्भीर राष्ट्रघात भएकोले कार्यन्वयन हुन नदिन चौतर्फी दबाब बढाउन जोड दिए । तथ्यांक यस्तै एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादवले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको षड्यन्त्रको भुमरीमा फस्न नहुने भन्दै एमसीसी विरुद्ध जनदबाब बढाउन जरुरी रहेको जिकिर गरेका छन् ।


नेपाल समाजवादीका प्रदेश उपाध्यक्ष नारायण नागिलाले विकासका बहानामा ल्याइएको एमसीसीले नेपाली जनताको हित नगर्ने दाबी गरेका छन् । म डाक्टर बाबुराम भट्टराईको कार्यकर्ता हुँ,उहाँ यो परियोजनाको पक्षमा हुनुहुन्छ तर यो परियोजना गलत छ, खारेज हुनुपर्छ उनको जोड थियोे ।
कार्यक्रममा नागरिक अगुवा, पदम कार्की, विन बहादुर कुवंर, मधेसी मोर्चाका तर्फबाट विनोद उपाध्याय, वैज्ञानिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष शशी विक, नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि दिपक पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपाका पिविएम तथा पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज वसन्त सी, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सी लगायतको उपस्थिति थियोे ।
नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन विनोद मरासिनीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।