
उदयपुर – समाजवादी माेर्चाले साेमबार हुने काेशी प्रदेशस्तरिय सन्देश सभाकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे छ । शनिबार समाजवादी मोर्चा, प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापनकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे हाे ।
माेर्चाले देशका सबै प्रदेशहरुमा आफ्नो सन्देश सभा सम्पन गर्ने निर्णय भएअनुसार काेशी प्रदेशमा भदौ २५ गते साेमबार मध्यान्न १२ बजे विराटनगरको मनास्लु होटलमा गरिने सन्देश सभा गरिने माेर्चाका नेताहरूले बताएका छन् । प्रदेशस्तरीय सन्देश सभामा १४ वटै जिल्लावाट व्यापक सहभागिता रहने माेर्चाले जनाएकाे छ ।
सन्देश सभाकाे व्यवस्थापकीय कामहरु जिम्मेवार पुर्ण रुपमा सम्पन्न भइसकेको जानकारी गराउदै उक्त सभामा समाजवादी मोर्चा नेपाल आवद्ध दलका शीर्षस्थ नेताहरुले सभामा सम्बोधन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन । सभालाई सम्बाेधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपाका महासचिव विप्लव सी, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पाटी नेपालका अध्यक्ष उपेन्द्र यादवले आउने माेर्चाले जनाएकाे छ ।