११ श्रावण २०८१, शनिबार

नेकपा पश्चिम बर्दियाद्वारा शमशेरगन्जमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टी पश्चिम बर्दियाले आज बिहान बर्दिया ठाकुरबाबा न.पा. वडा नं.९ बेतहनी सामुदायिक वनका सदस्यहरुको भ्रमण टाेलि दाङ्गको धारापानी गई फर्कने क्रममा बाँकेको राप्तीसोनारि-८ शमशेरगन्जस्थित सालको बुटा भन्ने ठाउँमा ट्रकमा ठोकिएर भएको बस दुर्घटनाको हृदयविदारक घटनाले मर्माहत तुल्याएको जनाएको छ ।
पार्टीका जिल्ला इन्चार्ज हिमशिखर सी र जिल्ला सेक्रेटरी राम सीले शाेक वक्तव्य जारी गरि घटना स्थलमा ७ जनाको ज्यान गएको यस दु:खद क्षणमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
शाेक वक्तव्यमा भनिएको छ,’घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकोले शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै उपचार प्रक्रियामा कुनै कसुर बाँकी नराख्न र आगामी दिनमा यस्ता अकल्पनीय घटना दोहरिन नदिन सचेतनाका उपायको खोजी गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।