३ आश्विन २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) दाङको बैठक सम्पन्न, आगामी पुस १९ गते जिल्ला सम्मेलन गर्ने

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी) पूर्वी दाङ जिल्ला कमिटी संयोजक दिपक सीको अध्यक्षतामा सुरु भएको बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इन्चार्ज सविन सी रहेका थिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ पूर्वी जिल्ला इन्चार्ज सीता सी, नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, नेकपा तुलसीपुर नगर कमिटी इन्चार्ज विजय सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य खुमन सी, अखिल (क्रान्तिकारी) पश्चिम दाङ जिल्ला संयोजक नवीन सीको आतिथ्यता रहेको थियो ।


संगठनको २३ औं राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने तयारी स्वरुप आगामी असोज २० गतेदेखि मङ्सिर ३० सम्म पालिका सम्मेलन गरि सक्ने र पुस १९ गते दाङ पूर्व जिल्लाका सम्मेलन गर्ने निर्णय लिएको छ । देशकै नमुना संगठन बनाउन सबै क्याम्पस कलेज, विद्यालयहरुमा संगठन विस्तारलाई तीव्रता दिने निर्णय लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।