३ आश्विन २०८१, बिहीबार

एमसीसी विरुद्ध संघर्ष गर्ने निर्णय गर्दै पुर्वी उदयपुरको जिल्ला बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पुर्वी उदयपुरकाे प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
जिल्ला सेक्रेटरी अनिता सीको अध्यक्षतामा पार्टी केन्द्रिय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सीको आतिथ्यतामा बैठक जिल्ला पार्टी कार्यालय गाईघाटमा सम्पन्न भएकाे छ ।

बैठकले नेकपाको नवाैं केन्द्रीय समितिकाे तेस्रो पूर्ण बैठकले लिएका याेजना र निर्णयलाई जिल्ला पालिका हुँदै गाउँ सेल तहसम्म ढृढताका साथ लागू गर्ने निर्णय गरेकाे छ ।

उक्त बैठकको शुरुमा जनयुद्ध तथा एकीकृत जनक्रान्ति साथै सम्पुर्ण मुक्ति आन्दोलनमा साहदत प्राप्त गर्ने महान सहिदहरु प्रती एक मिनेट मुठ्ठी उठाई श्रद्धाञ्जली अर्पण गरियो ।


साथै पार्टी चौथो पुर्ण बैठकको निर्णय सहितको सकुलर जिल्ला इन्चार्ज अमृत सीले वाचन गरेका थिए । बैठकमा उपस्थिति सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुले आफ्नो कार्य क्षेत्रमा भएको रिपोर्ट पेश गरेका थिए भने बैठकका प्रमुख अतिथि तथा ब्युरो इन्चार्ज सैलेश सी र अतिथिहरूले पार्टीको दस्तावेज र सर्कुलरमाथि थप व्याख्यासहित प्रशिक्षणात्मक मन्तव्य राखेका राखेका थिए ।
बैठकले संगठन, संघर्ष, प्रविधि, अर्थ श्रम संस्कृति उत्पादन, नमुना कार्य लगायत एजेन्डाहरूमा महत्वपुर्ण निर्णयहरु गर्दै बैठक समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।