३१ भाद्र २०८१, सोमबार

एमसीसी विरुद्ध सडक र कानुनी सङ्घर्ष गर्ने संयुक्त जवस मोर्चाको निर्णय

0

काठमाडौं:नेपाल कम्युनिस्ट पार्टी काठमाडौं (k1) जिल्ला स्थित संयुक्त जनवर्गीय संगठनहरूले MCC विरुद्ध सडक र कानुनी दुवै सङ्घर्ष गर्ने निर्णय गरेका छन् । बुधबार कपुरधारास्थित पार्टी कार्यालयमा बसेको जवस मोर्चाको संयुक्त प्रथम बैठकले यस्ताे निर्णय गरेको हो ।

बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भृकुटी सीले नेपाली जनताकाे प्रधान अन्तरविरोध अमेरिकी साम्राज्यवाद भएको बताएकी छन् । धर्म र आर्थिक हिसाबले नेपाली समाजलाई भाड्न खोजेको उनको आरोप थियोे । उनले प्रशिक्षण मन्तव्य दिँदै MCC विरुद्ध सशक्त प्रतिरोध गर्न निर्देशन गरेकी छन् ।

बैठकले असोज ४ गते MCC विरुद्ध मोटरसाइकल र्यालीसहित लफ्सिफेदीमा जनसभा गर्ने र उक्त जनसभामा देशभक्त, राष्ट्रवादी जनसमुदायलाई उपस्थितिको लागि अनुरोध पनि गरेको छ । बैठकले भ्रष्टाचार, महँगी र सामाजिक बेथितिका विरुद्ध संघर्ष गर्ने, प्रत्येक महिना पार्टीको स्कुलिङ सन्चालन गर्ने निणर्य समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।