२३ भाद्र २०८१, आईतवार

महत्त्वपूर्ण निर्णय लिदै नेकपा सम्पर्क शाखाको सातौ पूर्ण बैठक सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको सातौ पूर्ण बैठक सम्पन्न भएको छ । साधारण शाखाका प्रमुख अतिथि पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीको आतिथ्यतामा सम्पन्न भएको हो ।

शाखाका सेक्रेटरी अनिल सीका अनुसार नेकपाले पछिल्लो समय राष्ट्रघाती एमसीसी कार्यन्वयन सम्झौता विरुद्ध गरेको चरणबद्ध आन्दोलन तथा एमसीसीका लागी सरकारले अधिग्रहण अनुमति दिएको स्थानहरुमा मार्च पास, अन्तरक्रिया कार्यक्रमसहितको सशक्त प्रर्दशनलाई प्रभावकारी बनाउँदै एमसीसीलाई असफल बनाउन ठुला दबाबका कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको छ । राष्ट्र, राष्ट्रियता, देशभक्त , साम्राज्यवाद विरोधी कम्युनिष्टहरुको संयुक्त समाजवादी मोर्चालाई देशव्यापी रुपमा सशक्त बनाई कसरी परिचालन गर्ने भन्नेबारे पनि बैठकमा मसिनो छलफल भएको अनिल सीले बताए ।

कृति सीको प्रमुख आतिथ्यता रहेको बैठकमा अनिल सीको अध्यक्षता रहेको थियो भने शाखा अन्तरगतका सबै पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।