८ कार्तिक २०८१, बिहीबार

स्ववियुका निर्वाचित कोषाध्यक्ष नेकपा निकट अखिल (क्रान्तिकारी) मा प्रवेश

0

बझाङ : बझाङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट निर्वाचित कोषाध्यक्ष विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । जिल्लाको बित्थड चिर गाउँपालिका स्थितको सुनकुडा नमूना क्याम्पसमा स्ववियुको कोषाध्यक्ष भानु जोशी अखिल (क्रान्तिकारी) मा आइतबार प्रवेश गरेको अखिल (क्रान्तिकारी) का नेता बबर जंग सीले बताए ।

एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट कोषाध्यक्ष निर्वाचित जोशीले आफ्नो राजनीतिक धार परिवर्तन गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुमा रहेका जोशीले संसदवादी दलहरूबाट जनताको मुक्ति सम्भव नरहेको भन्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनलाई एक कार्यक्रमका बिच नेकपा केन्द्रीय सदस्य भरत सीले खाँदा लगाएर पार्टीमा स्वागत गर्दै आगामी राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य भरत सी, अखिल (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी, बझाङ्ग जिल्ला युवा संयोजक आकास सी , बझाङ्गको बझाङ्ग दीप क्याम्पसका स्ववियु सभापती कमल सी, अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य सम्सेर सीको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।