११ कार्तिक २०८१, आईतवार

कपिलवस्तुमा जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको पश्चिम लुम्बिनी ब्युरो अन्तरगत पश्चिम कपिलवस्तु जिल्लाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सीको अध्यक्षतामा  भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यीय विजय सी, अतिथिहरु बन्धु सी, सन्जिव सी, सुशील सी, हेमन्त सी, रुसा सी, दिनेश सी, ज्वाला सी, सहिद परिवारबाट भेग बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रमुख अतिथि विजय सीले आफुहरु शान्ति चाहने सच्चा कम्युनिस्ट भएकोले कसैकाे हस्तक्षेप मान्य नहुने बताए ।
क्रान्ति भनेको आफ्नैमा बदलिनु रहेको बताउदै उनले नेता हुनको लागि जनतामा स्थापित हुनु पर्ने उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टीको ६ महिनाको आवधिक योजना अनुसार पश्चिम कपिलवस्तु जिल्ला पहिलो अंकमा आएकोमा बधाई दिए ।
ब्युरो इन्चार्ज सञ्जिव सीले यो देशको नेतृत्व गर्ने पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी मात्रै रहेको बताए ।

नेपालको दलालहरुले सुकुम्बासीहरुमाथि डोजर लगाई रहेकोप्रति उनलेे आपत्ति जनाए ।
कार्यक्रममा बन्धु सी, रुसा सी, हेमन्त सी लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रशिक्षण कार्यक्रमको संचालन कपिलवस्तु जिल्ला सचिवालय सदस्य बादल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।