११ कार्तिक २०८१, आईतवार

वर्तमान शिक्षा प्रणाली अव्यवहारिक र अवैज्ञानिक भएकाले यसको आमुल परिवर्तन जरुरी छ : शिलु सी 

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस इन्चार्ज शिलु सीले नेपालको वर्तमान शिक्षा प्रणाली नै त्रुटिपूर्ण, असफल, अवैज्ञानिक र अव्यवहारिक भएकाले यसको आमुल परिवर्तन गर्न जरुरी रहेको  बताएका छन् । आइतबार अखिल (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिद्वारा काठमाडौँको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा आयोजित ‘विद्यालय शिक्षा विधेयक-२०८० र ‘नेपालको शैक्षिक भविष्य कता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 अखिल (क्रान्तिकारी) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न आरआर क्याम्पस पुगेका नेकपाका नेता शिलुले नेपालमा जतिपनि  नयाँ-पुराना पार्टीहरु छन् सबैले जनताको एजेन्डा बोकेका छन्, सबैले जनताकै कुरा गर्छन् जनजीविकाकै मुद्दा उठाउछन्, मौलिक अधिकारको कुरा गर्छन् तर त्यो लागु गर्न सक्दैनन् यसको मुल कारण यहि वर्तमान दलाल संसदीय व्यवस्था भएको बताए ।’  

नेपालको संबिधानमा नै समाजवाद उन्मुख राष्ट्र लेखिएको छ लेखिने कुरा सहि छ तर राज्यव्यवस्था सहि नहुँदासम्म संविधासनमा जेजे लेखेपनि यो दलाल व्यवस्थाको अन्त्य गरेर समाजवादी व्यवस्था लागु नगर्दासम्म यो लेखाइले व्यवहारमा सार्थता नपाउने ठोकुवा गरे । नेपालको यो संसदीय व्यवस्था  र वर्तमान शिक्षा प्रणाली नै त्रुटिपूर्ण, असफल, अवैज्ञानिक र अव्यवहारिक भएकाले यसको आमुल परिवर्तन गर्न जरुरी रहेकाले सम्पूर्ण शिक्षक, बुद्धिजीवी, युवा, विद्यार्थीहरु दलाल पुजिवादी संसदीय व्यवस्थाको भ्रमबाट मुक्त हुँदै समाजवादी यात्रामा एकाकार हुन समेत आह्वान गरेका छन् ।

उनले भने, ‘संविधानको धारा र शब्दमा नागरिक अधिकारको सुनिश्चितता गरिने लेखिएतापनि यो फगत कागजी खोस्टोमा मात्र सिमित रहेको छ, यसको कार्यान्वयन गर्ने निकाय नै दलालहरुबाट निर्देशित छ, त्यसैले यही व्यवस्थामा हामीले जनताहरुको मौलिक हकहरूको कल्पना गर्नु दिवासपना मात्र हो ।’ 

मूल व्यवस्थामा नै त्रुटी भएको र यसको संयन्त्र भ्रष्ट दलालहरुको भर्तिकेन्द्र भएकोले यसको आमुल परिवर्तन नगरिएसम्म नागरिकहरुले यस्तै सास्ती खेपिरहनुपर्ने छ । यो व्यवस्थाका कारण  शिक्षा क्षेत्रमा व्यापारीकरण, माफियाकरण, स्वास्थ्य क्षेत्रमा माफियाकरणका कारण, प्रशासनिक क्षेत्र न्यायिक क्षेत्रहरु धरासायी बन्दै गएको र नागरिक अधिकार कुण्ठित हुदै गएकाले यसको रक्षाको लागि समाजवादी व्यवस्था अपरिहार्य रहेको बताए ।

उनले थपे, ‘यहाँ नागरिकको अवस्था अलपत्र छन् कलेज युनिभर्सिटी बेरोजगार पैदा भट्टी भएका छन् दलाल पुजीवादले युवा विद्यार्थीहरुलाई श्रमबाट कटाएर बेरोजगार परनिर्भर बनाएको छ, किताबी ज्ञानलाई व्यवहारिक ज्ञानमा प्रयोग गर्नबाट बन्चित गरेको छ स्वदेशमा टिक्न सक्ने कुनैपनि आधार छैन भन्ने भ्रम युवाहरुमा रोपिदिएर विदेश पलायन गराएको छ, हो यस्तो पूजीवादको भ्रमबाट युवा विद्यार्थी आम जनताहरुलाई मुक्त गर्न जरुरी छ ।’ नेपालको विद्यमान व्यवस्थामा कहाली लाग्दा समस्याहरु छन् यी सबै समस्याको हाल हिजोको माक्र्स, लेनिन, माओको कन्सेप्टको समाजवादले गर्न सक्दैन यसको जगमा आजको विश्व परिवेश र नेपाली मौलिकतालाई फ्युजन गरेर विकास गर्न जरुरी छ ।’
अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टीका विद्यार्थी संगठनका प्रतिनिधि कलेजका प्रोफेसर शिक्षाविद र प्रतिनिधि सभा सदस्यहरुको आतिथ्यतासँगै विषयमाथि आफ्नो धारणा राखेका थिए ।    

अखिल (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समिति संयाेजक प्रकाश सीकाे अध्यक्षता भएको कार्यक्रममा  प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य शिलु सी, अतिथि वक्ताहरु शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, शिक्षक महासंघका लक्ष्मीप्रसाद सुवेदी, विश्व निकेतन हेरम्बराज कँडेल, शिक्षा समितिका अध्यक्ष, सांसद भानु जाेशी, सांसद तथा नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, नेकपा केन्द्रीय सदस्य चिरन सी, अभिभावक, शिक्षक, क्याम्पस प्रमुख, मित्र संगठनका प्रतिनिधी सरोकारवाला पक्ष लगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मध्य कमाण्ड इन्चार्ज मदन सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।