११ कार्तिक २०८१, आईतवार

एमसीसी विरुद्धको अभियानद्वारा दमौलीमा भव्य प्रदर्शन

0

६ गते धादिङ वेशीमा जनजागरण सभा सम्पन्न गरेर पश्चिमतिर हिडेको एमसीसी विरुद्धको टोली हिजो राति ९ः३० मा तनहुँको सदरमुकाम दमौली पुगेको थियो । टोलीमा सामना परिवारका ८ महिलासहित १४ जना कलाकारहरु रहेका छन् ।

 

अभियानको नेतृत्व अ. ने. ज .सां.महासंघका केन्द्रीय अध्यक्ष माइला सी र सामना परिवारको नेतृत्व आरोह सीले गरेका छन् । अभियान टोली आज दमौलीमा नै बास बस्ने र भोलि विहान पोखरा, स्याङ्जा हुँदै साँझसम्म पाल्पाको रामपुर पुग्ने जानकारी कलाकार झुसे सीले दिएका छन् । दमौलीको मुख्य चोकबाट शुरु भएको मार्च पास ब्यास नगरपालिका ३ तनहु‘को अस्पताल चोकमा पुगेर सभामा परिणत भएको थियो ।

पार्टीका केन्द्रीय सदस्य निसान सीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिट ब्युरो सदस्य आर्दश सी प्रमुख अतिथि, अतिथि माइला सी, राजन सी, काजी सी रहेका थिए । आरोह सीको उद्घोषणमा भएको जागरण सभामा व्यापक जनसहभागिता भएको हाम्रा तनहुँ सम्वादाताले बताएका छन् ।
यसैबिच एमसिए कार्यालय भातगाउँ तनहुँ शाखा घेराउ पनि गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।