तुलसीपुर: अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले खुकुरी प्रहार गरि महिलाको हत्या गर्ने हत्यारालाई कारबाहीको माग गरेको छ ।
आज आइतबार नेकपा निकट अ.ने.म.सङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिका इन्चार्ज रेखा सी र अध्यक्ष कमला सीले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् ।
अ.ने.म.सङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिद्वारा जारी विज्ञप्तिमा असोज ६ गते तुलसीपुर -११ बेलटाकुरा बस्ने ४३ वर्षिय रिता लामिछानेलाई खुकुरी प्रहार गरि हत्या गर्ने अपराधीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।
यस्तै विज्ञप्तिमा आजै बाहिरिएको तर केही महिना अगाडि तुलसीपुर -१९ कि १३ वर्षीय बालिका बलात्कृत भएको घटनाप्रति पनि संगठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
विज्ञप्तिमा पटकपटक महिलामाथि भइरहेका निर्मम अपराधिक घटनाप्रति राज्य गम्भीर बन्न र महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, लैंगिक विभेद लगाएतका अनेकौं विरुद्ध कडाभन्दा कडा कानुन बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, महिलाहरुलाई सबै क्षेत्रमा समान अधिकारसहित समान प्रतिनिधित्वको सुनिश्चितता गर्न समेत माग गरिएको छ ।
जारी प्रेस विज्ञप्तिमा आम महिला दिदीबहिनीहरुलाई भइ एकताबद्धका साथ संगठित हुन अपिल गरिएको छ ।
पछिल्लो समय तुलसीपुरमा महिलामाथि हुने जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । गत साउन महिनाभित्रै ११ वर्षीय बालिकादेखि ७३ वर्षीय बृद्धासम्म बलात्कृत भएका थिए ।
यस्तो छ प्रेस विज्ञप्तिको पूरा पाठ:-