५ जेष्ठ २०८१, शनिबार

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन

0

१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङचाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी जिनपिङले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत एसियाली ओलम्पिक परिषद्का पदाधिकारी, एसियाका विभिन्न सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहेको थियो ।  

२०१५ सेप्टेम्बर १६ मा जकार्तामा एसियाड सम्पन्न भएसँगै चीन एसियाली खेलकुद आयोजनाका लागि छनोट भएको थियो । प्रतियोगिता शनिबारबाट औपचारिक सुरु भएर ८ अक्टोबरसम्म जारी रहनेछ । प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् । नेपालबाट २९ खेलमा भाग लिन दुई सय ५३ खेलाडी सहभागी हुनेछन् । केही खेलका खेलाडी भने घर फर्किसकेका छन् । उद्घाटन समारोहको मार्चपासमा दौरा–सुरुवाल, भादगाउँले टोपी र साडीचोलोमा सजिएर नेपाली टोलीले आकर्षक प्रस्तुति गरेका थिए । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ तथा नेपाली टोलीका सेभ द मिसनको नेतृत्वमा नेपाली टोली मार्चपासमा सहभागी भएको हो । मार्चपासमा उसुकी निमा घर्तीमगर र तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोकेका थ्एि । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । 

सन् २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको प्रतियोगिता कोभिड–१९ ले गर्दा एक वर्ष धकेलिएको थियो । चीनले आयोजना गरेको यो तेस्रो एसियाड हो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।