३ आश्विन २०८१, बिहीबार

सामाजिक अन्तरविरोको पहिचान गर्दै जनताका मुद्दालाई लिएर संघर्ष गर्नुपर्छ : भृकुटी सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले सामाजिक अन्तरविरोको पहिचान गर्दै जनताका मुद्दालाई लिएर संघर्ष गर्नुपर्ने बताएका छन् । शनिबार जिल्ला नम्बर १ को पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै भृकुटीले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी जनताको पार्टी भएकाले यसले जनताका मुद्दालाई लिएर संघर्ष गरिरहेको बताउँदै सबै कार्यकर्तालाई संघर्षका लागि तयार हुन अपिल गरे । ‘हाम्रो पार्टी एमसीसी विरुद्ध सबैभन्दा धेरै संघर्ष गरिरहेको छ । यो कुनै पनि हालतमा कार्यान्वयन हुन नदिनेगरी हाम्रो पार्टीले संघर्ष गरिरहेको छ ।’, प्रशिक्षण मन्तव्य दिदै उनले भने, ‘महङ्गी, भ्रष्ट्राचार, कालोबजारी, सार्वजनिक सम्पत्ति दोहनका विरुद्धमा पनि हामी संघर्ष गरिरहेका छौं । हामीले संघर्षकै क्रममा काठमाडौंका स्ववासीहरुको लगत संकलन गरिरहेका छौं । तपाईंहरु पनि यो संघर्षको अभियानमा जोडिनुहोस् ।’

प्रशिक्षण मन्तव्य दिदै भृकुटीले असल कम्युनिस्टमा हुनुपर्ने गुणहरुको बारेमा पनि व्याख्या गरेका थिए । उनले असल कम्युनिस्ट कसरी बन्ने, पार्टी सदस्यको महत्व र भूमिकाका बारेमा मसिनोगरी प्रशिक्षण दिएका थिए । आफ्नो पार्टीले नेपाली विशेषताको समाजवाद ल्याउन संघर्ष गरिरहेको बताउँदै समाजवाद आए जनताले न्याय, समानता, स्वतन्त्रता, शान्ति, सम्बृद्धि र मुक्ति प्राप्त गर्ने उनको ठोकुवा थियो ।

‘हामीले भनेका छौं जनताले न्याय, समानता, स्वतन्त्रता, शान्ति, सम्बृद्धि र मुक्ति प्राप्त गर्नुपर्छ ।’, उनले भने, ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना, संचार र मनोरञ्जन राज्यले मौलिक अधिकारको रुपमा स्वीकार्नु पर्छ । हामीले भनेको समाजवादमा यी कुराहरुको ज्ञारेन्टी हुन्छ ।’

आफ्नो पार्टीले विचार मिल्ने राजनीतिक पार्टीसँग ध्रुवीकरण गर्ने, मुद्दा मिल्ने राजनीतिक पार्टीसँग संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने नीति लिएको उनको भनाई थियो । पछिल्लो समय अमेरिकी साम्राज्यवाद र नेपाली जनताबीचको अन्तरविरोध प्रधान भएर आएकाले सम्पूर्ण देशभक्त वामपन्थी शक्तिसँग संयुक्त मोर्चा र समाजवादी मोर्चा निर्माण गरेर संयुक्त संघर्षका लागि पार्टीले पहलकदमी लिइरहेको बताउँदै त्यसका लागि तल्ला कमिटीहरु पनि तयार हुनुपर्नेमा जोड दिए ।

जिल्ला सेक्रेटरी दीपक सीको अध्यक्षमा चलेको प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला कमिर्टी सदस्य तथा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक हस्त सीले गरेका थिए । कार्यक्रममो प्रमुख अतिथिको रुपमा भृकुटी सीको उपस्थिति रहेको थियो भने केन्द्रीय प्रतिनिधि समिति सदस्य गोपाल सी, नेवा मुक्ति मोर्चाका जिल्ला संयोजक गोविन्द सी, फुटपाथ व्यापारीहरुको जिल्ला संयोजक अभियान सी, युवा संगठन नेपालका जिल्ला संयोजक निरन्जन सी, अ.ने.म.संघ क्रान्तिकारीकी जिल्ला संयोजक कृटिना सी, जनसांस्कृतिक महासंघका जिल्ला संयोजक राज सीको आतिथ्यता रहेको थियो । उपस्थित अतिथि तथा प्रशिक्षार्थी सबैलाई काठमाडौं जनसरकार प्रमुख श्री सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।