३ आश्विन २०८१, बिहीबार

राहत दिन आएको अमेरिकी हेली तिब्बत किन गयाे : अमरबहादुर थापा 

0

समसीसीको विषयमा हामी संयुक्त कार्यक्रम गर्दै आएका छौं । जिल्लामा सबैलाई सहभागी गराएर गर्नु भएकोमा खुशी लाग्यो। हामीले विश्वास गरेका नेताहरू सरकारमा पुग्दा के गरे थाहै छ । नेताहरू व्यक्तिसम्म तल नओर्लेको भए हुन्थ्यो भन्ने पनि लाग्थ्यो । भ्रम सृजना गरेर एमसीसी पारित गरे। एमसीसीले दिने भन्दा धेरै त वार्षिक राजस्व नै उठ्छ । त्यति ठूलो रकम पनि होइन । यी विषयहरु कार्यपत्रमा मसिनो गरी आएका छन् । विश्वमा बर्चस्व कायम गर्न चीन र अमेरिका बीच टक्कर भइरहेको छ। त्यसमा हाम्रो देशलाई प्रयोग गर्न खोजिरहेका छन् ।

विकास बहाना हो । विकासे योजनालाई संसदले पारित गर्न पर्दैनथ्यो।  एमसीसीलाई देशको प्रचलित कानूनभन्दा माथि राख्ने प्रयोजनार्थ संसद्मा लगिएको हो। २०७२ सालमा भूकम्प आयो । राहत दिन आएको अमेरिकी विमान हरायो । तिब्बतमा खस्यो भन्ने समाचार आयो । नेपालमा राहत दिन आउने, तिब्बत जाने किन ? खसेको हो कि चिनियाँ सेनाले खसालेको हो ? उनीहरुले जानून् ! मदन भण्डारी, राजा विरेन्द्र बन्नुपर्ला भनेर एमसीसी पारित गरे । त्यसो गरेर सुरक्षित भए त ? त्यो पनि थाहा छैन । 

जनमत स्थिर हुँदैन । कामले जनमत बन्ने – भत्किने भइरहन्छ । कम्युनिस्ट जनमत छ तर एउटै बनाउन सकिएको छैन । (२०८० असोज ११ गते नेकपा, धौलागिरी, ब्यूरोद्वारा आयोजित एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक कार्यक्रममाथि टिप्पणी गर्दै  थापाले राख्नु भएको धारणाको सम्पादित अंश, शिर्षक हामीले दिएका हौँ – सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।