३ आश्विन २०८१, बिहीबार

एमसीसीमा पनि महाकाली सन्धिमा जसरी नै षड्‌यन्त्र गरेर राष्ट्रघात भएको छ : बाबुलाल शाक्य 

0

विषय धेरै गम्भिर छ। पारित नगरियोस् भनेर धेरै नै लागियो । तर नेताहरुले हाम्रो आवाज सुनेनन् । एमसीसी हाम्रो देशको विकास गर्न आएको होइन । यो विषयमा एमसीसी पक्षधर हरेकसँग बहस गर्न तयार छु । यसलाई खारेज गर्न के गर्नुपर्छ भन्ने विषय प्रमुख हो । भर नभएका डब्बा गरेर, भ्रम सृजना गरेर, दबाब दिएर महाकाली सन्धि जसरी नै एमसीसी पारित गरिएको छ। यो लिखतलाई बदर गर्नुपर्छ । मेरो पार्टीले पारित गरिहाल्यो भनेर बस्नु हुँदैन । अमेरिकाले रुसलाई घेरा हाल्न नजिकै गयो । युक्रेनमा नाटोको फौज तैनाथ हुने भएपछि रुसले असुरक्षित ठान्यो । त्यही भएर रूस-युक्रन युद्ध भएको हो । नेपालमा चीन र अमेरिकाको टक्करले त्यहि अवस्था आउन सक्छ ।

रूस नाटोका ३१ वटा देशसँग लडिरहेको छ । अमेरिका कुनै देशमा गएपछि फर्किन्न । इरानका जनरल सुलेमानको इराकमा हत्या गरिएपछि इराकले अमेरिकी सेनालाई फर्किन भन्यो तर फर्किन मानेन ।  भियतनाममा र अफगानिस्तारमा जनविद्रोह थेग्न नसकेर फर्केको हो । देश नै नरहने अवस्था आउन सक्छ । त्यसैले परिस्थिति सामान्य छैन । यो स्थिति रविको घण्टी भन्दा पनि खतरनाक घन्टी हो । आफ्रिकी देश नाइजरको सेनाले निर्वाचित सरकारलाई अपदस्त गर्यो ।  तर जनताले नेताहरुलाई साथ दिएनन् । सरकार दलाल भएपछि यस्तो हुन्छ । जालझेल, विदेशी पैसा, राष्ट्रघात गरेर नक्कली कथित लोकतान्त्रिक निर्वाचनबाट आएको सरकारलाई जनताले साथ दिएनन् । नाइजरको सैन्य सरकारले अमेरिका र फ्रान्सको दूतावासलाई आ-आफ्नो देशको फौज फिर्ता गर्न भनेपछि फर्किन बाध्य भएका छन् । तर हाम्रो देशमा निर्वाचित नेताहरु भनेपछि ५५ करोड अमेरिकी डलरमा देश बेचेका छन् । त्यसैले हामीले यो लिखत बदर गर्नुपर्छ ।

(बागलुङ बजारमा रहेको विद्या मन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्यले असोज ११, २०८० मा बागलुङमा भएको विचार गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश- सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।