३ आश्विन २०८१, बिहीबार

युवा संगठन गोरखाद्वारा सार्वजनिक बिदामा दुरुपयोग भएका चारवटा सरकारी गाडी नियन्त्रणमा

0

गोरखा: विप्लव नेतृत्वको नेकपाको युवा संगठन नेपालले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले बताए ।

जिल्ला समन्वय समितिको बा २ झ २८९ र बागमती प्रदेश बीएबी ९१९८ नम्बरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उनले बताए । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ ।

गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अब पालिकासम्म पुर्‍याउने संगठनका जिल्ला इन्चार्ज राजकुमार गुरुङले जानकारी दिए ।

उक्त गाडीहरु कार्यालय परिसरभित्र राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज वेदनाथ भण्डारीले बताए । ‘प्रशासन कार्यालयबाट पास लिएको हो कि होइन हामीले बुझ्दैछौँ,’ उनले भने, ‘पास नभएकालाई हामी नियम अनुसार कारबाही गर्छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।