५ आश्विन २०८१, शनिबार

एमसीसी पारित हुनु र प्रचण्डको अमेरिका भ्रमण संयोग मात्र होइन : दलसिंह खत्री

0

कार्यपत्र मेहनत गरेर तयार गर्नु भएकोमा धन्यवाद छ । देशलाई एमसीसीले ध्रुवीकरण गर्दै लगेको छ । यसलाई कसरी खारेज गर्ने भन्ने चुनौती छ । एमसीसी नवउदारवादको पछिल्लो आयाम हो । राजनीतिमा कार्यनीति र रणनीतिलाई तालमेल गर्न नजान्दा कम्युनिस्ट आन्दोलनमा समस्या भएको छ । तत्कालीन कार्यनीतिक विषयमा पनि यी विषयमा ख्याल गर्नुपर्छ । त्यसैले एमसीसी खारेज गर्नुपर्छ । दाताहरुसँग आर्थिक प्राविधिक सहयोग लिनुपर्छ । तर त्यो नेपालको संविधान र प्रचलित कानुनको खिलापमा हुनु हुँदैन । एमसीसी युक्रेनको घटना भन्दा फरक तर अझै खतनाक हुन सक्छ । अमेरिकाले हतियार र जासुसी यन्त्र ‘रिचार्ज’ गर्ने रणनीति अनुसार पनि एमसीसी ल्याउन चाहेको हुनसक्छ । युरेनियम कब्जा गर्न पनि हुनसक्छ। प्रचण्ड अमेरिका जानु र त्यसअघि एमसीसी पारित हुनु संयोग मात्र होइन ।
(क्रान्तिकारी कम्युनिस्ट पार्टी,  बागलुङका इञ्चार्ज खत्रीले असोज ११ गते बागलुङमा भएको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्दा व्यक्त धारणा, शिर्षक हामीले दिएका हाैँ- सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।