५ आश्विन २०८१, शनिबार

मध्यपश्चिम विश्वविद्यालयद्वारा विद्यार्थीसँग विप्लव कार्यक्रम आयोजना

0

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा अहिले केहीवेरमा विद्यार्थीसँग विप्लव कार्यक्रम हुँदैछ । मध्यपश्चिम विश्वविद्यालय परिसरमा विद्यार्थीहरुसँग विप्लव कार्यक्रम आयोजना हुन लागेको हो । मध्यपश्चिम विश्वविद्यालय प्रशासनले नेकपाका महासचिव सुर्खेत पुगेको अवसरमा कार्याक्रमको आयोजना गरेको बताएको छ । कार्यक्रममा प्रमुख अतिथिको लागि सहभागिता गरिदिन हुन विश्वविद्यालयका रजिष्टार नारायण पौडेलले निमन्त्रणा गरेका छन् ।


आज विहान उहाँसहित विश्वविद्यालयका केन्द्रीय क्याम्पसका प्रिन्सिपल जसवीर रोका, साइन्स एण्ड टेक्नोलोजि फ्याकल्टी डिन सुदिप ठकुरी, एजुकेशनल फ्याकल्टिका डिन एम बहादुर कार्की, र ल फ्याकल्टिका डिन सहप्राध्यापक विनय झाले महासचिव विप्लवलाई भेट्दै निमन्त्रणा गरेका हुन् ।
भेटमा विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दोक्रममा भएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले महासचिव विप्लवलाई समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।