४ आश्विन २०८१, शुक्रबार

दोलखा-काठमाण्डौं र रामेछाप-काठमाण्डौं सम्पर्क मञ्चको सातौँ संयुक्त भेला सम्पन्न

0

काठमाडौं: दोलखा-काठमाण्डौं र रामेछाप-काठमाण्डौं सम्पर्क मञ्चको साताेैँ संयुक्त भेला त्रि-चन्द्र क्याम्पसको हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युराे इन्चार्ज विकल्प सीले अहिलेकाे राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति विषयमा प्रशिक्षण गरे । सम्पर्क मन्च गठन गर्नुको मुख्य उद्देश्य एकीकृत जक्रान्तिमार्फत नेपाली विशेषताकाे समाजवादी व्यवस्था स्थापना गर्नु रहेको बताए । भेलाले दोलखा-काठमाण्डौं गणतान्त्रिक सम्पर्क मन्चमा सोवित सीको नेतृत्वमा ११ जनाको कमिटी चयन गरिएको छ ।


रामेछाप- काठमाण्डौं गणतान्त्रिक सम्पर्क मन्चको तेज बहादुर सीको नेतृत्वमा ७ जनाको कमिटी चयन गरिएको छ ।
कार्यक्रममा अतिथिहरु रामेछाप जिल्ला इन्चार्ज चैतन्य सी, समाजवादी गणतान्त्रिक मन्चका केन्द्रीय अध्यक्ष रत्न सी, व्युरो अर्थ विभाग तिर्थ सी , सेक्रेटरी, मन्चको साधरण शाखा अनिल सी, रामेछाप D2 सेक्रेटरी शंकर सी, पूर्ण सी, सम्पर्क मन्चका महासचिव सुशील सी, मोर्चा साधरण शाखा विवेक, अध्यक्ष, सोलु-काठमाण्डौं सम्पर्क मन्च फुर्वा सीकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रमकाे अध्यक्षता परमेश्वर सीले गरेका थिए भने कार्यक्रमकाे संचालन राजु सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।