११ कार्तिक २०८१, आईतवार

डडेल्धुराबाट नेकपा नेता शिलुको आह्वान : एमसीसी विरुद्ध देशैभरीबाट जुटौं

0

डडेल्धुरा: विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले एमसीसीको बारेमा देशैभरि अन्तर्क्रिया कार्यक्रम गरिरहेको छ । एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका नेकपा स्थायी समिति सदस्य शिलु सीले अमेरिकी सहयोग एमसीसी परियोजना राष्ट्रघाती भएको बताउँदै यसको खारेजीको लागि देशैभरिबाट सबैले एकजुट हुनु पर्ने बताएका छन् ।

मंगलबार नेकपा डडेल्धुराद्वारा आयोजित “mcc परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य उमाले नेपालको कानुन भन्दा माथि हुने परियोजनाको लेखा परीक्षण नेपालले गर्न नपाउने, एमसीसीका कुनै कर्मचारीले आपराधिक क्रियाकलाप गरेमा तिनलाई नेपालमा कुनै किसिमको कारबाही गर्न नपाउने लगायतका अन्य विवादस्पद र राष्ट्रको हित विरोधी प्रावधानले नै राष्ट्रघाती रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको बताए । उनले भने,“ बाहिर देखिँदा एमसीसी जति सुन्दर देखिएपनि भित्री रूप यसको अर्कै छ ।” अमेरिकाको सुरक्षा रणनीति ऐनले नै एमसीसी हिन्द प्रशान्त रणनीति (आइपिएस) को अंग भएको स्वीकार गरेको स्थितिमा नेपालका केही व्यक्तिले यो सैन्य रणनीतिसँग जोडिएको छैन भन्नु भ्रामक रहेको उनको भनाइ थियो ।

एमसीसीले आफू सुखी तरिकाले एउटा राज्यको मान्यता भन्दा संस्थाको मान्यता माथि हुने ढंगले सम्झौतामा प्रावधान राखेको छ त्यो नै राष्ट्रियताको विरुद्धमा रहेको उनले जिकिर गरे । यो एमसीसी खारेजीको लागि सबैले एक ठाउँमा उभिनु पर्ने उनले बताए ।

त्यसैगरी अन्तरक्रियामा सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा डडेल्धुरा इन्चार्ज हरि ज्ञवाली (अखण्ड) ले एमसीसीका जुन प्रावधानहरु छन् । त्यो अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्टार्टेजी अन्तरगत हो भने गलत हुने र विशुद्ध सहायता हो भने मात्र लागू हुने तर यो mcc सम्झौता के हो बुझ्न नसकिएको बताउदै सबै सचेत नागरिकले खबरदारी गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका अर्का वक्ता मोटो मसालका नेता तथा पार्टी सुदुरपश्चिम प्रदेश इन्चार्ज लाल बहादुर जाग्रीले यो राष्ट्रघाती mcc सम्झौता खारेज गर्न पर्छ । यसका लागि सम्पुर्ण देशभक्त प्रगतिशील जनसमुदाय र पार्टी एक ठाउँमा उभिनु पर्ने बेला आएको र नेकपाले गरेको यो अभियानमा हाम्रो साथ रहेको बताए । यस्तै बझाङ दिप क्याम्पसका स्ववियु सभापति कमल सीले यो राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा लागू हुन दिन नहुने बताए । यो सम्झौता कार्यान्वयनका विरुद्ध युवा विद्यार्थी सशक्त भएर उभिन पर्ने र सम्झौता खारेज हुनपर्ने बताए ।

नेकपा डडेल्धुरा इन्चार्ज विजय सीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा डडेल्धुरा सेक्रेटरी रोशन सीले गरेका थिए भने उक्त कार्यक्रममा राजनीतिक पार्टीका नेताकार्यकर्ता, विद्यार्थी, पत्रकार लगायत नागरिक समाजको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।