११ कार्तिक २०८१, आईतवार

एमसीसीको दुष्परिणाम देखिदै जानेछ –छवि विश्वकर्मा

0

कार्यपत्र निकै मेहनत गरेर बनाउनु भएको रहेछ । सान्दर्भिक पनि रहेको छ । कार्यपत्रमा व्यक्त विचारप्रति हाम्रो पार्टीको सहमती छ । हामी एक्लै र संयुक्त, सङ्घर्ष गर्दै आएका पार्टीहरु पनि हौं । एमसीसी साझा समस्या भएको कारण साझा सहकार्य गरेर जान अझ जोड दिन्छु । विकास र समृद्धिको नाममा आएको एमसीसी इतिहास कै दुर्गतीपुर्ण र त्रुटीपुर्ण रहेको छ । यसको दुष्परिणाम आउने दिनमा देखिदै जाने छन् । त्यसैले समस्यलाई जनस्तरसम्म पु¥यानुपर्छ । भ्रम छरिएको छ । सबै पार्टीका स्थानियले आलोचना गर्ने माथिका नेताहरुले पारित गर्ने दोहोरो चरित्र देखापरेको छ ।  पत्रकारले पनि लेख्नु प¥यो – बोल्नु प¥यो । माथिकाले गरिहाल्छन् भन्नु भएन । अरु विकास परियोजनालाई संसदले पारित गर्न नपर्ने एमसीसी पर्ने विषय नै रहस्यमय छ । बहुराष्ट्रिय कम्पनिको बजार विस्तार गर्न नेपाललाई आत्मनिर्भर हुन दिइएन । नेपालीलाई आफ्नै देशमा अल्पमतमा पार्ने षड्यन्त्र छ । भ्रममुक्त भएर राष्ट्रघातको विरुद्ध उभिनु पर्दछ ।
(राष्ट्रिय जनमोर्चाका अध्यक्ष विश्वकर्माले २०८० असोज १२ गते म्याग्दी, बेनीमा नेकपाद्वारा आयोजित तथा अनिल शर्माद्वारा प्रस्तुत कार्यपत्रमा टिप्पणी गर्दै व्यक्त विचारको सम्पादीत अंश. सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।