११ कार्तिक २०८१, आईतवार

एमसीसी कार्यान्वयन विरुद्ध काठमाडौंमा नेकपाको प्रदर्शन

0

काठमाडौं: नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो र पार्टी निकट जनवर्गीय संगठनको आयोजनामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, गो व्याक अमेरिका, अमेरिकी साम्रज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । अमेरिकाले सडक र प्रशारण लाइन बनाउने बहानामा नेपालको सार्वजनिक सम्पदा हडप्न खोजेको नेकपा केन्द्रीय सदस्य विपिन सीले आरोप लगाएका थिए ।

¥यालि पछिको कोणसभालाई सम्बोधन गर्दै विपिनले अमेरिकाले विकासको नाममा विससहित ललिपप दिएको भन्दै आफूहरु यसका विरुद्धमा लामो समयदेखि संघर्षमा रहेको बताएका थिए । नेकपाले बुधबार आकस्मिक रुपमा एमसीसी विरुद्धको प्रदर्शन गरेको थियो ।

सुन्धारादेखि सुरु भएको विरोध ¥याली शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य भृकुटी सी लगायतको उपस्थिति रहेको थियो । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राईटको भ्रमण र खुसियाली उत्सवको विरोधमा नेकपाले विरोध प्रदर्शन गरेको हो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।