११ कार्तिक २०८१, आईतवार

बुढा नेताले हाम्रो भविष्य डुबाउने छन् – देवेन्द्र के.सी.

0

कार्यपत्रको व्याख्या गहन र सुविचारित भएको छ । अमेरिकाको दुरासय थिएन भने युएसआईडी मार्फत नै आउन सक्थे । अर्को संस्था आवश्यक नै थिएन । अवधारणापत्रमा भने झै आईपीएसको अङ्ग हो कि भन्ने प्रश्न उठेको छ । हाम्रो पार्टीबाट पनि कमजोरी भएको हुन सक्छ । नेतृत्वले कमजोरी गर्दैमा हामीले पनि मान्नुपर्छ भन्ने छैन । नेपालको भुमी प्रयोग गरेर चीन घेर्ने रणनीती हो भने हामी मान्दैनौं । यसलाई देशले अस्विकार गर्नुपर्छ  १२ बुँदे व्याख्यात्मक टिप्पणी १६ आना गलत छ । यो जनताको आँखामा छारो हालेर लाज ढाक्ने दुसप्रयास मात्रै हो । २ दिन अगाडिसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमसीसी पारित भयो भने पार्टी छोड्नु भन्थे । पार्टी छोडेका छैनन् । बरु गृहमन्त्री भएका छन् । एमसीसी पारित गरेकोमा उपहार हो कि? समाजवादी मोर्चामा एमसीसी पारित गर्ने र नगर्ने दुबै छन् । चुच्चे ढुङ्गो हुने हो की ? मुद्धामा स्पष्टता हुनुप¥यो बुढा नेताहरुले हाम्रो भविष्य डुबाउदै छन् ।

(नेकपा (एमाले) म्याग्दीका अध्यक्ष के.सी.ले २०८० असोज १२ गते नेकपाद्वारा बेनी बजारमा आयोजित तथा अनिल विरहीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वधीनताको प्रश्न’ विषयक कार्यपत्र व्यक्त गरेको धारणाको संपादीक अंश शिर्षक हामीले दिएका हौं –  सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।