११ कार्तिक २०८१, आईतवार

एमसीसी पारित गर्नेहरु विदेशीका लैना गाईहरु हुन् – विष्णु तिवारी

0

म नेपाली काङ्ग्रेसको कार्यकर्ता पनि हौं । काङ्ग्रेसले एमसीसीको समर्थन गर्नुपर्छ भन्ने कुराको भत्र्सना गर्छु ।  विदेशीको पैसा नभए देश चल्दैन भन्छन् । सिंहदरबारको खर्च कटौती गर्नुहोस् । म त व्यवसायी पनि हुँ । जनताको अवस्था नाजुक छ र क्रयशक्ति घटेको छ । त्यसैले गैरराजनीतिक संस्था बनाएर काम गरिरहेको छु । हाम्रा छोरा छोरीहरुलाई विदेश पठाएर  विप्रेषणले देश चलाउने, दुई चार हजार जुठो हाड छरेर हामीलाई मुर्ख बनाउने काम भइरेहको छ । नेताहरु विदेशीका लैना गाई हुन् । रवी लामिछाने भुके मात्र । एमसीसी पारित गर्नेहरुको हात काट्नुपर्छ । म काङ्ग्रेस भएपनि एमसीसीको विरुद्धमा छु । एमसीसी नेपालको कानून भन्दा माथि छ । अमेरिकाको कारण रुस –यूक्रेन युद्ध भएको छ  र नेपालमा महंगी बढेको छ । हामी विदेशीको नोकर भएका छौँ ।
(विश्वहिन्दु महासंघका तिवारीले २०८० असोज १५ गते पोखरामा भएको ‘एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक गोष्ठीमा व्यक्त गर्नु भएको विचारको सम्पादीत अंश )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।