११ कार्तिक २०८१, आईतवार

एमसीसी युरेनियम, जलश्रोत कब्जा गर्न आएको हो

0

              शिव डुम्रे, स्याङजा

 

नेपालको जलश्रोत र बजार कब्जा गरेर भारतको लागि उपलब्ध गराउन सहयोग गर्ने र युरेनियम अमेरिकाले नियन्त्रण तथा चीनलाई घेर्न,भारतले अमेरिकालाई सहयोग गर्ने गरी एमसीसी नेपाल आएको हो । एमसीसीले विधुत प्रशारणलाई आवश्यक पर्ने भन्दा चारगुणा धेरै जग्गा अधिकरण गरेको छ । त्यसले उसको पर्दा पछाडि अरु नै खेल छ भन्ने देखिन्छ । एमसीसी पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् । तर एमसीसीको विपक्षका बहसहरु पक्षभन्दा धेरै बलिया र विश्वसनिय देखिन्छन् । एमसीसीका पक्षधरहरुको स्वर कमजोर बन्दै गएका छन् । यो बहसलाई गाँउगाउँमा लैजानु पर्छ । एमसीसी परियोजना विरुद्धको अभियानमा देशभरी लाग्नु भएका कार्यपत्र प्रस्तोताले यस विषयमा लेखिरहनु भएको पनि छ ।  कार्यपत्रले धेरै विषय स्पष्ट गरेकाे छ ।

(२०८० असोज १७ गते स्याङजा वालिङको अमर होटेलको सभाकक्षमा नेकपा स्याङजाले आयोजना गरेको विचार गोष्ठीमा सहजिकरण गर्ने क्रममा व्यक्त विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।